2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम दिवसको अवसरमा न्यूयोर्कका यूवा गायक रोकेश गुरुङको ‘म सक्दिन’ गीत सार्वजनिक

विजय थापा | फागुन ४, अमेरिका | अमेरिकाको न्यूयोर्कमा बस्दै आएका यूवा उदियमान गायक रोकेश गुरुङको ‘म सक्दिन ‘ गीत सार्वजनिक भएको छ । उक्त गीत उनको आउदै गरेको प्रथम एल्वम माया बाट निकाली सार्बजनिक गरेका हुन् । 

शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ ।  यसै गरि गीतको प्रवन्ध (एरेन्ज) दिवस गुरुङले गरेका हुन् भने  भिडियो (श्रव्य दृश्य )को निर्देशन रोकेश गुरुङ ले गरेका हुन् । सुरेन्द्र मान सिंहले दृश्य सम्पादन गरेका हुन् । भिडियोमा गायक रोकेश गुरुङ तथा कुङ्गा खेमीले अभिनय गरेका छन् । 

‘म सक्दिन ‘ गीतको भिडियो प्रेम तथा शोकपूर्ण सहितको गीत हो । उक्त गीतमा प्रेमीले आफ्नी प्रेमिकाको निम्ति समर्पण गर्दै गाएका छन् । किनभने प्रेमिका क्यान्सर बाट पीडित छिन् भने उनि केही समय पछि संसारबाट बिदा लिने अवस्थामा पुगेको उक्त भिडियोमा चित्रण गरिएको छ । 

प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ का दिन उपयुक्त हुने ठानी म सक्दिन गीत सार्बजनिक गरेको यूवा गायक रोकेश गुरुङले बताए । 

गायक गुरुङ न्यु योर्कमा बसोबास गर्छन भने उनि गायक,रचनाकार,डिजे,संगीतकार,गिटारिस्ट ,कार्यक्रम योजनाकार ,व्यवसायी,कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक हुन् । 

काठमाडौँ लिटल एन्जेल्स कलेज (महा बिद्यालय)बाट अध्ययन गइ उच्च शिक्षाको लागि अमेरिका आई मिनेसोटा बाट एमबिए गरेका छन् । मिनेसोटामा रहदा नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेपाली बिद्यार्थी संघ )का अध्यक्ष समेत रहेका गायक गुरुङ हाल लुक्सो कम्पनि (प्रतिष्ठान)महा प्रबन्धक तथा मनाङ्ग समाज युएसए का अध्यक्ष समेत हुन् ।

यसको अतिरिक्त उनि प्रसिद्ध डिजे पनि हुन् भने अमेरिकामा प्रख्यात कलाकारहरु फिरोज श्याङ्गदेन ,एड्रिएँन प्रधान ,नरेन लिम्बु तथा दिवस गुरुङका सांगीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् । 

न्यू योर्कमा रहेता पनि डिजे कार्यक्रमको लागि गायक अमेरिकाको भ्रमण गरि रहेका हुन्छन । कलाकारको साथै आफूले परदेशमा कमाएको केही अंश समाज सेवामा खर्चिने गर्छन । उनले अन्धाबालबालिका तथा सडकमा हिडडूल गर्ने बालबालिकालाई अर्थ दान पनि गरेका छन् । 

यसको अतिरिक्त युवा गायक रोकेश गुरुङ लिटल एन्जेल्स कलेजमा हुदा पौडीका स्वर्ण पदक बिजेता पनि हुन् । गिटारको अतिरिक्त गायक गुरुङ बास्केट बल ,पौडी ,लन टेनिस पनि खेल्दछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई