2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका विष्णु माझीलाई गीत गाउने क्रममा गायकले भेट्न पाउँछन् कि पाउँदैनन् ? गायकको अनुभव

जेठ १४, काठमाडौँ | नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चीत गायिका बिष्णु माझी सार्वजनिक हुन चाहने गायिका अन्तर्गत पर्दिनन् । एल्बम् तथा उनको गीतको कभर फोटोमा एक/दुई फोटो बाहेक अरु देख्न पाइन्न । तर उनि वर्तमान लोकदोहोरी क्षेत्रमा एउटा ब्राण्ड बनेर दर्शकहरु माझ छाएकी छिन् । उनका हरेक गीत दर्शक माझ लोकप्रिय हुनुले पनि उनको बारेमा जिज्ञाशा राख्नु स्वभाविकनै हो । 

यति धेरै चर्चित गायिका किन कुनै जमघट, कुनै सांगीतिक महोत्सवमा सार्वजनिक हुदिनन् ? नत कुनै मिडियामै उनको अन्तर्वार्ता हेर्न पाइन्छ । त्यसो त यतिका धेरै सामाजिक सञ्जालको ट्रेन्डमा उनको कुनै पेज तथा प्रोफाइलहरु पनि छैनन् । तर पनि उनको स्वरमा जादु छ जसको भरमा लाखौँ फ्यान छन् । 

वर्तमान समयमा विष्णु माझीको मौलिक स्वरसँग कसैले प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यसैले पनि हुन सक्छ उनले नेपाली गायिकाहरु मध्ये सबैभन्दा धेरै पारिश्रमिक लिन्छिन् । माझी अहिले एउटा लोकदोहोरी गीतमा स्वर भरेबापत ५० हजार भन्दा बढी पारिश्रमिक लिन्छिन् । तर उनलाई गीतको कुनै खडेरी छैनन् । 

माझीसँग गीत गाउने गायकको अनुभव 

पछिल्लो समय सार्वजनिक एउटा गीत ‘फूल जस्तै’ मा बिबि गुरुङ र विष्णु माझीको स्वर सुन्न सकिन्छ । बिबि गुरुङकै लगानीमा बनेको उक्त गीत गाउने क्रममा गायक गुरुङले समेत गायिका माझिलाई भेट्न पाएनन् । यतिसम्मकि उनले कहिले गाएर गइन् भन्ने सम्मको पत्तो भएन । गायक गुरुङ मात्र नभई अन्य गायकहरुको समेत विष्णुमाझीसँग गीत गाउँदाको अनुभव एकै हुने गरेका छन् । गायिका माझीलाई गायकले समेत आए/गएको देख्न नसक्ने कति अचम्मको कुरा ? त्यसो त उनि काठमाडौँमै छिन् सबैलाई थाहा छ तर त्यति चर्चीत पात्र कुन ठाउँमा बस्छिन्, घरमा बस्छिन् वा भाडामा ? कुन तरिकाको गेटअपमा हिड्छिन् सबै गौण छ । 

आज हामीले गायिका विष्णु माझीसँग गीत गएको अनुभव संगालेका गायक बिबि गुरुङसँग अन्तरंग कुराकानी गरेका छौं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई