2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सगरमाथा, सिता र बुद्धले देश चिनाउन सकेनछ, एक रातको कार्यक्रमले चिनाउँछ !’ (भिडियो)

असार १६, काठमाडौँ | भारतको प्रतिष्ठित आइफा अवार्डलाई नेपाली ढुकुटीबाट पैसा दिने निर्णयबारे चौतर्फी बिरोध भईरहँदा आइतबार काठमाडौँको माइतीघर परिसरमा राजनीतिक दल तथा स्वतन्त्र युवाहरुले बिरोध पर्दर्शन गरे । बिरोध पर्दर्शनमा बिभिन्न कलाकार, पत्रकार, साधारण नागरिक र कलाकारहरुको उपस्थिति रहेको थियो ।

उक्त विरोध कार्यक्रममा नायक नवल खड्काले सरकारको व्यंग्य गर्दै सगरमाथा, सिता र गौतम बुद्धले देश चिनाउन सकेनछ भन्ने अभिव्यक्ति दिंदै एक रातको कार्यक्रमले चिनाउँछ ? भन्दै व्यंग्य गरे । उनले भने ‘देशकै राष्ट्रिय पुरस्कारका लागि राष्ट्रपतिले एक घण्टा समय छुट्याउन नसक्ने तर विदेशको निजी अवार्डका लागि ढुकुटी नै रित्याउने ? सरकारको नेपाली फिल्म क्षेत्रप्रतिको दृष्टिकोण के हो भन्ने यही उदाहरणले छर्लंग पार्छ ।’ 

सरकारकै खर्चमा भारतीय इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड गर्न लागिएको भन्दै विद्यार्थी संगठन अखिल छैटौंका नेता तथा कार्यकर्ताले बिभिन्न  बिरोधस्वरूपका नारा लेखिएको प्लेकार्ड आफ्नो छातीमा टासेर विरोध प्रदर्शन गरे । उनीहरुले ‘नेपालको पर्यटनमा लगानी गर’, ‘आइफामा लगानी, भारतको गुलामी’ लेखिएका प्लेकार्डसहित विरोध गरे, जसमा चलचित्रकर्मीहरुको समेत ऐक्यबद्धता रहेको थियो । उनीहरुले विदेशी पाहुना नेपालमा आउनु गौरवको कुरा भएपनि नेपालले आफ्नो ढुकुटी खर्चेर ल्याउनु आफूहरुलाई पाच्य नभएको बताए । नेपालको जनताको तिरेको करले आइफा अवार्ड गर्न लागेको भए आफूहरुले उक्त कार्यक्रमलाई अवरोध गर्ने पर्दर्शनकारीहरुले बताएका छन् । 

माइतीघरमा मात्र नभई आइतबार बिभिन्न संचार माध्यम मार्फत कलाकारहरुले आइफा अवार्डलाई नेपाल सरकारले पैसा दिने बिषयको नकारात्मक टिप्पणी दिएका छन् । कलाकारहरुले नेपाली कलाकारको सम्मानमा खर्च नगर्ने सरकारले एक रातको अवार्डमा करोडौं खर्च गर्नु लज्जास्पद भएको टिप्पणी दिएका छन् । 

भारतको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्न मन्त्रिपरिषद् बैठकले ४४ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो । सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका लागि भन्दै आइफा अवार्ड २०१९ का लागि यति ठूलो बजेट विनियोजन गरेपछि विरोधको शृंखला सुरु भएको हो । 

भिडियोमा हेर्नुहोस् पर्दर्शनको झलकहरु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई