2026-09-17 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मदन पुरस्कार विजेता अमर न्यौपानेको सर्ट फिल्म “देशमाथि” सार्वजनिक

चैत २८, स्कटल्याण्ड ।  मदन पुरस्कार विजेता  चर्चित साहित्यकार  अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म “देशमाथि” युट्युब च्यानलबाट  सार्वजनिक भएको छ।  विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने  कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा  गरिएको थियो । 

अनुभवी र सफल  निर्देशक दिपेश रेग्मीको निर्देशन/सम्पादन  रहेको उक्त उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका रहेको छ।  यसैगरि भैरब रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देबकोटा र रामनगर माध्यमिक विद्यालयका विद्यार्थीहरुको अभिनय रहेको छ । 

नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद /कृपावाद को कारण  उचित काम नपाएर विदेसिएको देशप्रेमी  युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ।  बेल्जियम मा रहेको   तेजेन्द्र कंडेल फिल्म्स ( तेजेन्द्र कंडेल ) ले निर्माण गरेको  उक्त सर्ट फिल्मको सह निर्माता सोमनाथ शर्मा मेमोरियल ट्रष्ट ( सोहन घिमिरे, बेलायत )  रहेको छ।  फोस्तास तालकाले छायांकन गरेको “देशमाथि” को अंग्रेजी सबटाइटल आर्जब पौडेलको रहेको छ।   उक्त सर्ट फिल्म  रो प्रोडक्सन युकेको  युट्युब च्यानलमा https://www.youtube.com/watch?v=qErY2bmwuO4 मा हेर्न सकिने छ। 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह