2026-09-17 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक (भिडियो)

भदौ १२, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रवादी नेताका रुपमा परिचित छन् । पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका वामदेव गौतम नेकपाका बरिष्ठ उपाध्यक्ष समेत हुन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनको अहिलेसम्म दर्जनौ गीतहरु सार्वजनिक भएका छन् ।

शुक्रवार गौतमद्धारा रचित गरिएको गीत यो बुद्ध भूमिको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ । राजनीतिक व्यक्तित्वहरु पनि कलामा रुची राख्दछन् भन्ने विश्वास बढ्दै गईरहेको छ । यसैको अर्को उदाहरण हो वामदेव गौतम ।

सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

गैतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ । दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन् ।

गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ । विशेष त गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढि रचित छन् । त्यस लगायत कला साँस्कृतिक, सामाजिक र आर्थिक उन्नतीका लागि पनि रचित गरिएको छ । राजतन्त्रको अन्त्य पछि उदय भएको लोकतन्त्रको शुरुवाटमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोजियो । जसको लागि साहित्यकार मोदनाथ प्रश्रित निर्णायक समितिमा रहेका थिए । उक्त प्रतिष्पर्धाको लागि गौतमले पनि “प्राण प्यारो देश नेपाल” बोलको गीत लेखेर पठाएका थिए । तर, उक्त गीत छनौटमा भने परेन । त्यहिँबेलादेखि गौतमको गीति यात्रा शुरु भएको थियो । विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताएका छन् । उनले सानै बेलादेखिको रुचीलाई अहिले राजनीतिसँगै अघि बढाईरहेको पनि बताएका छन् ।

गौतमले गीतियात्राको वारेमा आफ्नो केही भनाईहरु राखेका छन् ।

छन्द कविता र गीति लेखन– यी दुई विषय मेरो जीवनको प्रारम्भकालीन रुचीका थिए । विद्यालय जीवनदेखि नै कविताप्रति मेरो विशेष रुची र प्रयास रहँदै आयो । विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो । तर, त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन । ०४६ सालमा हासिल भएको प्रजातान्त्रिक उपलब्धीपछि हामी संसदीय अभ्याससहित राजनीतिक यात्रामा तल्लिन रह्यौँ । यसक्रममा राष्ट्र, राष्ट्रियता र जनजीविकाका अनेकन सवालमा हामीले पार्टी नीतिको अधिनमा रहेर भरमग्दुर भूमिका निर्वाह गर्यौं । तर, २०५८ सालमा राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रजातान्त्रिक सरकार अपदस्थ गरे । यसपछि हामी राजाबाट भएको प्रतिगमनविरोधी आन्दोलनमा जुट्यौँ ।

जनआन्दोलन २०६२/०६३ पछि हामीले राजतन्त्रसँगै सामन्तवादी सत्ता र संस्कृतिमाथि विजय हासिल गर्यौं । वर्षौंदेखि पुरानो सत्ता, विशेष गरी राजा–महाराजाको स्तृतिमा आधातिर भाका र भाषामा आधारित राष्ट्रिय गान चलन चल्तीमा थियो । तर, परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गानको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो । यो सन्दर्भमा मभित्र रहेको काव्य चेत वा गीति चेत प्रष्फुटन गर्ने मौका मिल्यो । मैले उक्त प्रतिष्पर्धामा भाग लिएँ । नेपाली साहित्यका धरोहरका रुपमा समेत सुपरिचित आदरणीय क.मोदनाथ प्रश्रित उक्त प्रतिष्पर्धाको छनौट समितिमा हुनुुहुन्थ्यो ।

मैले ‘प्राण प्यारो देश नेपाल’ शीर्षकमा गीत लेखेर पठाएँ । उत्तमm गीत उत्कृष्ट सातभित्र पनि परेन । तर, त्यही गीत मेरो गीति यात्राको प्रारम्भ बन्न पुग्यो । यसै सन्दर्भमा ‘मेरो गीति यात्रा’ नाममा एउटा सानो पुस्तिका पनि प्रकाशित भएको छ । त्यसमा ४३ गीत संकलित छन् ।

–वामदेव  गौतम 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह