2026-09-17 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

‘मलाई छोड्दिनुहोस्, मेरो छोरा पाल्नुपर्छ’

माघ २९, काठमाडौँ । दिउँसोको साढे १२ बजेको थियो । गुहार माग्दै डाँको छोडेर याचना मागेको आवाज शिलापत्रको कार्यालयभित्रै आइपुग्यो । ‘मलाई छोड्दिनुहोस् । मेरो छोरा पाल्नुपर्छ । सासू ससुरा हेर्नुपर्छ,’ एक महिला चिच्याइरहेकी थिइन् । तर, उनको चीत्कार सुन्ने पक्षमा थिएनन्, उनीहरू । उनीहरू अर्थात् काठमाडौं महानगरपालिकाको नगर प्रहरीको एक समूह । 

नगर प्रहरीले मूल सडकबाट लखेट्दै ति महिलालाई शिलापत्रको गेटमा ल्याइपुर्‍याएको थियो । ति महिला आत्तिएर गाडामुनि लम्पछार परिन् । दुई हात जोडेर बिन्ती दर्शाइन् तर प्रहरीले उनको गाडा छोड्न चाहेन । ४–५ जना प्रहरीको समूहसँग ति एक्ली महिला निरीह देखिन्थिन् । मकै बेचेर आएको सयको नोट, सानो छोराका लागि बोकेको जाउलो र छोराको जुत्ता भुइँमा झरेको थियो । घुँडामा चोट लागेको थियो । 

गाडामुनि लम्पछार परेकी ति महिलालाई बाहिर निस्कन जबर्जस्त उर्दी दिँदै थिए नगर प्रहरी । ‘तपाईंको अनुहार हेर्नुपर्‍यो । फोटो खिच्नुपर्‍यो । हामी लादैनौँ,’ कर्कश स्वरमा नगर प्रहरीले भनिरहेका थिए । तर, उनी निस्कन डराएकी थिइन् ।

एकाएक मान्छेको भिड र क्यामेरा तेर्सिएपछि नगर प्रहरी हच्किए । गाडामुनिबाट ति महिलालाई तानेर नगर प्रहरीले निकाले । ‘भोलिबाट आउने कि नआउने ?’ धम्कीपूर्ण प्रश्न नगर प्रहरीले तेर्स्याए । बेचैन ति महिलाले जवाफ दिइन्, ‘आउँदिन सर ।’ 

‘हामीले फोटो खिचेका छौँ । आज एक दिनलाई छोडेका हौँ । भोलि पनि आयौ भने लैजान्छौँ,’ चेतावनी दिएर नगर प्रहरी मूल सडकतर्फ लागे । ति महिलाको आँसु थामिएको थिएन ।  शिलापत्रका सहकर्मी साथीहरूले मकैको धोक्रो गाडामा राखेर सम्झाइबुझाइ गरेपछि उनी गाडा धकेल्दै आफ्नो गन्तव्यतर्फ लागिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह