३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब उडिरहेको प्लेनका पाइलट र को–पाइलट दुवै एउटै समयमा निदाए….

२८ फाल्गुन २०८०, सोमबार ०६:१७

एजेन्सी | इन्डोनेसियाको यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले एउटा समाचारमा लेखेको छ ।

शनिवार राष्ट्रिय यातायात सुरक्षा समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनका अनुसार दक्षिण पश्चिम सुलावेसी प्रान्तबाट राजधानी जाकार्तासम्म जनवरी २५ मा भएको एउटा फ्लाइटमा पाइलट र को–पाइलट दुवै एउटै समयमा करिब २८ मिनेटसम्म निदाएका थिए ।


दुवै जना निदाएपछि विमानले बाटो बिराउँदा ‘नेभिगेशन एरर’ भएको थियो । धन्न यस घटनामा विमानभित्र सवार १५३ जना यात्री र चार जना फ्लाइट एटेन्डेन्ट समेत कसैलाई पनि चोट भने लागेन । विमानलाई पनि कुनै क्षति नभएको बताइएको छ । आफ्नो ज्यानलाई आराम नभएको भन्दै सेकेन्ड–इन–कमान्ड पाइलटले को–पाइलटलाई पहिला नै भनेका थिए । उडिरहेको विमानभित्र सेकेन्ड–इन–कमान्ड पाइलट करिब ३० मिनेट निदाए ।

केन्दारीबाट विमान उडेपछि कमान्डमा रहेका पाइलटले पनि आराम गर्न अनुमति मागे र सेकेन्ड–इन–कमान्ड पाइलटले विमानको कमान्ड हातमा लिए । करिब ९० मिनेटपछि सेकेन्ड–इन–कमान्ड पाइलट पनि निदाए । जाकार्ताको एरिया कन्ट्रोल सेन्टरले विमानसँग सम्पर्क गर्न खोज्दा कुनै पाइलटले जवाफ दिएनन् । अन्तिम ट्रान्समिशन रेकर्ड भएको २८ मिनेटपछि बल्ल कमान्डमा रहेका पाइलट ब्युँझिए अनि विमान गलत बाटोमा गइरहेको महसुस गरे ।

त्यसपछि उनले को–पाइलटलाई पनि उठाएर र एसीसीसँग कुरा गरे । रिपोर्टमा पाइलटहरूको नाम खुलाइएको छैन । पाइलटहरू दुवै इन्डोनेसियन नागरिक भएको बताइएको छ । एक जनाको उमेर ३२ र अर्को पाइलटको उमेर २८ वर्ष भएको बताइएको छ । सेकेन्ड–इन–कमान्ड पाइलटका एक महिनाका जुम्ल्याहा बच्चा छन् ।

राति बच्चाको स्याहारका लागि बारम्बार उठ्नुपर्ने भएकोले पनि उनी राम्ररी निदाउन पाएका थिएनन् । यस घटनाबारे छानबिन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’