२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलको युद्ध क्याबिनेटका मन्त्री गान्ट्जको राजीनामा

२०८१, २८ जेष्ठ सोमबार १०:५३

जेठ २८, काठमाडौँ । इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिएका छन् ।

यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ ।  गान्ट्जले आइतवार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन् । उनले यो निर्णय ‘भारी मनका साथ’ लिएको बताए । 

"दुर्भाग्यवश, नेतन्याहुले हामीलाई वर्तमान संकट अन्त्य गर्न आवश्यक पर्ने साँचो विजय हासिल गर्नबाट रोकिरहेका छन्," गान्ट्जले भने । आगामी चुनावमा नेतान्याहुको सम्भावित प्रतिद्वन्द्वी मानिने गान्ट्जले नेतान्याहुलाई देशमा चुनावको मिति तय गर्न आह्वान गरे । 

राजीनामा दिएपछि नेतान्याहुले ट्वीटरमा लेखेका छन्, ‘बेनी, यो अभियान छोड्ने समय होइन, सेनामा भर्ना हुने समय हो । इजरायली विपक्षी नेता यायर लिपिडले गान्ट्जलाई सोशल मिडियामा समर्थन गरे, उनको निर्णयलाई 'आवश्यक र सही' भने । 

गान्ट्जको राजीनामाको लगत्तै, अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गभिरले युद्ध मन्त्रिपरिषद्मा स्थानको माग गरे । 

बेन-गवीर दक्षिणपन्थी गठबन्धनको हिस्सा हुन् । गठबन्धनले अमेरिकी राष्ट्रपति जो बाइडेनको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेमा सरकार छोड्ने र सरकार ढाल्ने धम्की दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम