२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलको युद्ध क्याबिनेटका मन्त्री गान्ट्जको राजीनामा

२८ जेष्ठ २०८१, सोमबार १०:५३

जेठ २८, काठमाडौँ । इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले देशको आपतकालीन सरकारबाट राजीनामा दिएका छन् ।

यो कदमलाई युद्धपछि गाजाका लागि प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको योजनालाई लिएर दुईबीचको मतभेदको गहिराइको रूपमा हेरिएको छ ।  गान्ट्जले आइतवार तेल अवीभमा पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन् । उनले यो निर्णय ‘भारी मनका साथ’ लिएको बताए । 

"दुर्भाग्यवश, नेतन्याहुले हामीलाई वर्तमान संकट अन्त्य गर्न आवश्यक पर्ने साँचो विजय हासिल गर्नबाट रोकिरहेका छन्," गान्ट्जले भने । आगामी चुनावमा नेतान्याहुको सम्भावित प्रतिद्वन्द्वी मानिने गान्ट्जले नेतान्याहुलाई देशमा चुनावको मिति तय गर्न आह्वान गरे । 

राजीनामा दिएपछि नेतान्याहुले ट्वीटरमा लेखेका छन्, ‘बेनी, यो अभियान छोड्ने समय होइन, सेनामा भर्ना हुने समय हो । इजरायली विपक्षी नेता यायर लिपिडले गान्ट्जलाई सोशल मिडियामा समर्थन गरे, उनको निर्णयलाई 'आवश्यक र सही' भने । 

गान्ट्जको राजीनामाको लगत्तै, अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गभिरले युद्ध मन्त्रिपरिषद्मा स्थानको माग गरे । 

बेन-गवीर दक्षिणपन्थी गठबन्धनको हिस्सा हुन् । गठबन्धनले अमेरिकी राष्ट्रपति जो बाइडेनको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेमा सरकार छोड्ने र सरकार ढाल्ने धम्की दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते