२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मस्कमाथि महिला कमर्चारीसँग यौन सम्बन्ध बनाएको आरोप

३१ जेष्ठ २०८१, बिहीबार ०३:०८

जेठ ३१, काठमाडौँ । एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस-एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको उल्लेख छ ।

यस मामिलामा तीनजना महिला अगाडि आएका छन्, जसमध्ये दुईले मस्क र उनीहरुबीच यौन सम्बन्ध रहेको दाबी गरेका छन् । एक महिलाले मस्कले उनीसँग धेरै पटक आफ्नो बच्चा जन्माउने कुरा गरेको बताएकी छन् । यी मध्ये एक महिला स्पेस-एक्समा इन्टर्न थिइन् । 

मस्कसँग सन्तान जन्माउन नमान्दा तलब नदिइएको महिलाले बताएकी छन् । यति मात्र होइन, उनको प्रदर्शन पनि जानाजानी बिगारिएको आरोप लगाएकी छन् ।

अर्कोतर्फ, मस्कका वकिलहरूले वाल स्ट्रीट जर्नलको रिपोर्टलाई अस्वीकार गरेका छन् । उनीहरु ले यो प्रतिवेदन झुटो भएको र यसमा झुटा आरोप लगाइएको बताएका छन् । यसबाहेक स्पेस-एक्सका अध्यक्ष ग्वेन शटवेलले पनि उक्त आरोपलाई झुटो भनेका छन् ।

वाल स्ट्रीट जर्नलले आफुहरुसँग पर्याप्त प्रमाण रहेको बताउदै आफ्नो प्रतिवेदनमा ४८ जनाभन्दा बढी व्यक्तिबाट प्रमाण रहेको बताएको छ । जसमा सन्देशहरू, इमेलहरू र अन्य कागजातहरू समावेश छन् । 

जब महिला कर्मचारीहरूले कम्पनीको एचआरलाई यस विषयमा गुनासो गरे, एचआरले स्पेस-एक्सका अध्यक्ष ग्वेन शटवेललाई सम्पूर्ण कुरा बताएको दाबी गरिएको छ । यसपछि, शटवेलले मानव संसाधन टोलीलाई महिला कर्मचारीहरूलाई कम्पनीबाट निष्कासन गर्न आदेश दिएको रिपोर्टमा उल्लेख छ । 

यसअघि २०२२ मा एक उडान परिचारकले मस्कले उनलाई कामुक मसाज गर्न भनेको बताएकी थिइन् ।

२०२१ मा स्पेस-एक्सका ५ भूतपूर्व महिला कर्मचारीले कम्पनीका केही व्यक्तिमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । यति मात्र होइन, यस वर्षको सुरुमा पनि एक पूर्व कर्मचारीले कम्पनीमाथि यौन उत्पीडन र भेदभावको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यी सबै उजुरीहरू पछि, क्यालिफोर्नियाको नागरिक अधिकार एजेन्सीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते