२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसमा पक्राउ परेका अमेरिकी पत्रकार इभानमाथि जासुसीको मुद्धा चलाइने

२०८१, ३२ जेष्ठ शुक्रबार १०:३२

जेठ ३२, काठमाडौँ । जासुसीको आरोपमा रुसमा रुसमा गिरफ्तार भएका पत्रकार इभान गेर्शकोविचलाई मुद्दा चलाइने भएको छ ।

रुसी अभियोजक जनरलको कार्यालयले गेर्शकोविचलाई पहिलो पटक हिरासतमा राखेको एक वर्षभन्दा बढी समयपछि अभियोग लगाइएको बताएको छ । दोषी प्रमाणित भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ । यद्यपि गेर्शकोविच, अमेरिकी सरकार र उनका कर्मचारीले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

गेर्शकोविचको गिरफ्तारीको दुई हप्ता पछि, अमेरिकी विदेश मन्त्रालयले यसलाई गलत नजरबन्दी भनेर प्रतिक्रिया दिएको थियो । रुसी अभियोजकहरूले देशको संघीय सुरक्षा सेवा (एफएसबी) ले कागजातहरू जाँच गरेको बताए । यस अवधिमा गेर्शकोविच सीआईएको निर्देशनमा काम गरिरहेको पत्ता लागेको रुसले बताएको छ ।

यसबारे प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले गेर्शकोविचमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । 

पक्राउपछि ३२ वर्षीय अमेरिकी पत्रकारलाई मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिएको छ । विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार इभान गेर्शकोभिचको हिरासत र अनुसन्धान प्रक्रिया समाप्त भएको जानकारी दिए । तर, यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गेर्शकोविचलाई रिहा गर्न अमेरिकासँग सम्झौता गर्न सकिने बताएका थिए ।

बढ्दो तनावका बीच रुसले धेरै अमेरिकीहरूलाई हिरासतमा लिएको छ। गत वर्ष जुनमा रुसी-अमेरिकी पत्रकार आल्सु कुर्मासेवालाई हिरासतमा लिइएको थियो । ब्यालेरिना केसेनिया क्यारोलिनालाई जनवरीमा हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम