२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानको नेवाः वगैंचामा पुष्प मेला

२०८१, १ असार शनिबार ०७:४७

असार १, काठमाडौं । जापानमा २ महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४ सम्पन्न भएको छ । ५६ हजार हेक्टर जमिनले ओगटेको नेवाः (नेवार) बगैँचामा मेला भएको हो । बगैंचालाई चारैतर्फबाट उत्तिकै क्षेत्रफल भएको तालले घेरिएको छ । निकै मनमोहक र सफा पानी देखिने यस तालले हामाना हानाहाको पुष्प मेलालाई समेत सुन्दर देखाएको थियो । लेक हामाना हानाहाको पुष्प मेला २०२४ नेवाः बगैंचाका व्यवस्थापक ३४ वर्षदेखि जापान बस्दै आएका प्रोफेसर नरेश महर्जन हुन् । उनी शुजुओका अञ्चलका अम्बेस्डर पनि हुन् । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ नेवाः बगैंचाको लागि भूमिस्पर्श बुद्ध र नाट्य गणेश नेपालबाट ल्याएको हो, महर्जनले भने । नेवाः बगैंचामा नेपाली फूलहरु रोप्नको लागि नेपाली फूलहरुको जानकारी दिन निकै समयदेखि आफू लागिपरेका उनले जनाए । आफ्नो देश नेपालको नाम चिनाउन, बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी दिन कार्यक्रम गरेको महर्जनले बताए । पूर्ण रूपमा विगत १ बर्षदेखि नै यो लेक हामाना हानाहाको पुष्प मेला २०२४ को निम्ति भोलिन्टियर रुपमा काम गर्दै आएको उनले बताए । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ को लागि विभिन्न नेवाः सांस्कृतिक कार्यक्रमहरु पनि भएको जनाइयो । शुभारम्भ भएको दिनमा स्वयं महर्जनले लाखे प्याखं प्रस्तुति दिएका थिए । उनकै भाइ दीलिप महर्जनले धिमे बजाएर प्रस्तुति गरेका थिए । जापानमै बस्दै आएका राम महर्जनले बाँसुरी बजाएर प्रस्तुति दिएका थिए । त्यसैगरी नेपालबाट साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवालेले पनि यस “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ मा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । कलाकार सलिना महर्जनले बारम्बार धिमे प्याखं नाचेर दर्शकहरूको मात्र होइन, आमन्त्रित विशिष्ट पाहुनाहरुको समेत स्याबासी पाएकी थिइन् । साहित्यकार रीता महर्जन “ऋतु“ र महर्जनको युगल नाचले पनि सबैको मन जितेको थियो । साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवाले आमाछोरी हुन् । आफ्नो देश, आफ्नो भाषा, आफ्नो पहिचानको निम्ति सदा अग्रसर भई नेपालको नाम उँचो राखिराख्ने महर्जनले टेलिफोनमा बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम