२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेन युद्ध रोक्न पुटिनले राखेको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार

२ असार २०८१, आईतवार ०७:०३

असार २, काठमाडौँ । इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन् । पुटिनले युद्धविरामका लागि दुई शर्त राखेका थिए ।

रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको सर्तहरू पूर्ण रूपमा अस्वीकार गरेका हुन् ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युद्ध रोक्न राष्ट्रपति पुटिनको योजनालाई प्रोपागाण्डा भनेका छन् । उनले यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको बताए ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्ति योजनालाई 'तानाशाही शान्ति' भन्दै खारेज गरेका छन् ।

युक्रेनमा शान्तिका लागि भएको दुई दिने शिखर सम्मेलनअघि पुटिनले युद्धविरामका लागि आफ्नो शर्त राखेका थिए ।

शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्व संस्थाहरु सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल