२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलको मोदीसँग भेटवार्ता

७ असार २०८१, शुक्रबार ०३:३९

असार ७, काठमाडौँ । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको छ । यसै क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीलाई पनि भेटेका थिए ।

विहिबार भएको मोदी र अमेरिकी प्रतिनिधिमण्डलबीचको यो भेटलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बुधबार अमेरिकी प्रतिनिधिमण्डलले धर्मशालामा धर्मगुरु लगाइ लामासँग भेट गरेको थियो । यस प्रतिनिधिमण्डलमा न्यान्सी पेलोसी बाहेक सांसद माइकल म्याकलसहित ५ जना सांसद छन् । यी सांसदहरू रिपब्लिकन र डेमोक्रेटिक पार्टीका हुन् । यो प्रतिनिधिमण्डलको नेतृत्व रिपब्लिकन सांसद माइकल म्याककलले गरिरहेका छन् ।

बुधबार अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामाको 'उत्तराधिकार' मामिलामा अमेरिकाले चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो । 

विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको समर्थनमा आवाज उठाएको यो पहिलो पटक हो । यद्यपी न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आएकी थिइन् । तर, न्यान्सी पेलोसीले त्यतिबेला कुनै प्रतिनिधिमण्डलसँग भारत भ्रमण गरेकी थिइनन् ।

भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र यसबारे टिप्पणी गर्नबाट बच्दै आएपनि यो घटनालाई निकै अर्थपूर्ण रुपमा विश्लेषणगरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमण औपचारिक हो वा होइन भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल