२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मंकीपक्स भाइरस कोरोनाभन्दा कसरी फरक छ ?

२०८१, ८ भाद्र शनिबार ०३:४३

भदौ ८, काठमाडौँ । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ– होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ ।

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, 'एमपोक्स नयाँ कोरोना होइन। आम जनताको लागि जोखिम कम छ । हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने थाहा छ,' उनी भन्छन् । कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ । दुई रोगमा समानता भन्दा धेरै भिन्नता छन् ।

मंकीपक्स नयाँ भाइरस होइन

मंकीपक्स कोरोना जस्तो नयाँ भाइरस होइन । मंकीपक्स १९५८ देखि अवस्थित छ। यो भाइरस पहिलो पटक डेनमार्कमा बाँदरमा भेटिएको थियो । यो भाइरसबाट मानिसमा पहिलो पटक सन् १९७० मा संक्रमण देखिएको थियो, त्यो ठाउँ डिआर कंगो थियो । त्यसपछि यो भाइरस पश्चिम र मध्य अफ्रिकामा धेरै पटक फैलिएको छ । मंकीपक्स सम्बन्धी विश्वव्यापी स्वास्थ्य आपतकाल पहिलो पटक २०२२ मा घोषणा गरिएको थियो । यो भाइरस हालसम्म ७० देशमा फैलिसकेको छ ।

यसबाहेक सन् २०१९ मा चीनको वुहानमा कोरोनाको पहिलो केस देखिएको थियो । चाँडै यो विश्वव्यापी महामारी बन्यो । वैज्ञानिकहरू भन्छन्- 'दुवै भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । तर अब हामी कोरोना भन्दा एमपक्स बारे धेरै जान्दछौं ।

एमपक्स संक्रामक छैन

एमपक्स कोरोना जस्तो संक्रामक छैन । दुवै रोग नजिकको सम्पर्कबाट सर्ने भए पनि हावाबाट हुने भएकाले कोरोना बढी छिटो फैलिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, गाउने वा व्यक्तिसँग बस्दा पनि कोरोना सर्न सक्छ ।

तर एमपक्स तब फैलिन्छ, जब कोही संक्रमित व्यक्तिको धेरै नजिक आउँछ । उदाहरणका लागि, तपाईंले संक्रमित बिरामीको छाला छुनु, शारीरिक सम्बन्ध राख्ने, संक्रमित व्यक्तिको ओछ्यानमा सुत्ने वा उसको लुगा प्रयोग गर्ने गरेमा संक्रमण हुन्छ ।

एमपोक्स भाइरस लामो समयसम्म आमनेसामने कुरा गर्दा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ। ज्वरो, रुघाखोकी, घाँटी दुख्ने कोरोनाका मुख्य लक्षण हुन् । एमपक्सका लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने, घाँटी सुन्निने, दागहरू हुनु रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मे २०२२ देखि हालसम्म विश्वभर करिब एक लाख एमपीओएक्सका घटनाहरू दर्ता भएका छन् । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले करिब १८ हजार ९१० मामिलाहरू रेकर्ड गरिएको र ६०० भन्दा बढी मानिसको मृत्यु भएको बताएको छ।

खोप उपलब्ध छ

एमपक्स खोप पहिले नै उपलब्ध छ । कोरोनाको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भ्याक्सिन बनाउनुपर्‍यो, त्यसपछि परीक्षण गर्नुपर्छ, त्यसपछि स्वीकृत हुने र त्यसपछि मात्रै कोरोनालाई नियन्त्रण गर्न सकिने थियो । तर एमपक्स विरुद्धको खोप पहिले नै उपलब्ध छ । एमपक्स बिफर जस्तै हो । भ्याक्सिन मार्फत यसको सामना गर्ने व्यवस्था सन् १९८० मा गरिएको थियो । बिफरसँग व्यवहार गर्ने उही खोपहरूले २०२२ मा एमपक्स फैलिएपछि व्यापकरुपमा प्रयोग गरिएको थियो ।

यस खोपले शतप्रतिशत सुरक्षा प्रदान गर्दैन । २०२२ मा जब यो रोग युरोप र उत्तर अमेरिकामा फैलियो, वृद्धहरूमा जोखिम कम थियो । स्मरपक्स भ्याक्सिनमा आधारित एमपक्स खोपलाई एमभीये० बिएन भ्याक्सिन भनिन्छ । २०२२ मा, खोप निर्माण कम्पनी बाभारियन नोर्डिकले १.५ करोडभन्दा बढी खोप डोज आपूर्ति गरेको थियो । यो खोप ७६ देशमा पठाइएको थियो ।

कोरोना जति छिटो रूप परिवर्तन गर्दैन

भाइरस समयसंगै परिवर्तन हुन्छ । तर कतिपय भाइरसहरूले आफ्नो रूप चाँडै परिवर्तन गर्छन् । जस्तै- कोरोना । तर एमपस्क त्यस्तो होइन । एमप्क्स डिएनए भाइरसको कारणले हुन्छ । तर कोरोना आरएनए भाइरसको कारणले हुन्छ ।

अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीका अनुसार, डीएनए भाइरसहरू आरएनए भाइरसहरू जत्तिकै चाँडो रूप परिवर्तन गर्दैनन् । एमपक्सको दुई प्रकार वा रूपहरू छन् – क्लाड-१ र क्लाड -२  । सार्स- कोभ २ भाइरसका २० भन्दा बढी क्लेडहरू हुन्छन् । हाल, एमपक्स संक्रमण क्लेड १ भाइरस मार्फत फैलिरहेको छ, जसलाई क्लेड १बी पनि भनिन्छ ।

अक्सफोर्ड युनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चका प्रोफेसर ट्रुडी ल्याङ भन्छन्, 'हामीले क्लेड १बीसँग के देखिरहेका छौँ कि धेरैजसो अवस्थामा यो शारीरिक सम्पर्कबाट फैलिएको छ। तर यो व्यक्ति-व्यक्ति सम्पर्कबाट पनि फैलिरहेको छ ।

लकडाउन वा खोप लिन कुनै बाध्यता छैन

धेरैको मनमा डर थियो कि जब एमपक्सलाई विश्वव्यापी रोग घोषणा गरियो र आपतकालिन घोषणा गरियो, तब अवस्था २०२० को जस्तो हुनेछ । जब विश्वभर लकडाउन लगाइएको थियो र सीमामा प्रतिबन्ध लगाइएको थियो। कति जनाले आफ्नो जागिर गुमाएका थिए र अवस्था कठिन भएको थियो। तर अहिलेसम्म एमपस्कमा यस्तो अवस्था छैन ।

पछिल्लो दुई वर्षमा, एमप्क्स अफ्रिकाका १६ देशहरूमा फैलिएको छ । तर अफ्रिका सीडीसीले कुनै पनि सीमा बन्द गर्ने वा तालाबन्दी लगाउने बारेमा कुरा गरेन । अफ्रिका सीडीसीका महानिर्देशक डा. जीन कासियाका अनुसार मानिसको आवतजावतमा प्रतिबन्ध लगाउने वा सामानको आवतजावतमा रोक लगाउनु पर्ने आधारमा हाल कुनै प्रमाण छैन । एमपक्स सामान्यतया एक अपेक्षाकृत हल्का भाइरस हो र मानिसहरू दुई देखि चार हप्तामा निको हुन्छन् । तर, कतिपयको अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता