फागुन २३, जापान । नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, जापान । नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा"/>
2026-06-25 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

2017-03-06

फागुन २३, जापान । नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । 

दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीन जनाको भने मृत्यु भएको पुष्टि भएको छ । अन्य दुई जना भने अचेत अवस्थामा रहेका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएको छ । 

स्थानीय समयानुसार आइतबार अपराह्न ३ः१० मा प्रहरीले दुर्घटनाग्रस्त सो विमान फेला परेको जनाइएको छ । सो हेलिकोप्टरमा सवार रहेका अन्य चार जना व्यक्तिको पनि प्रहरीले खोजी कार्य जारी राखेको जनाइएको छ । 

स्थानीय सरकारको स्वामित्वमा रहेको यो हेलिकोप्टर नागानोको पहाडी इलाकामा दुर्घटना भएको र उद्धारकार्यमा कठिनाई भएको स्थानीय समाचारदाताहरुले जनाएका छन् । 

एक जना चालक, सात जना अग्नी नियन्त्रक र एक जना मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी चढेको दुर्घटनाग्रस्त सो सानो वायुयान र यस सम्बन्धी समाचारको विस्तृत विवरण भने प्राप्त भइनसकेको जनाइन्छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल