2026-06-27 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपालबाट आएका अवैध घरेलु कामदारकै कारण दुतावास समस्यामा छ : घनश्याम लम्साल, कुवेतका लागि नेपाली राजदुत

काठमाडौँ | कुवेत लामो समयदेखि नेपालीहरूका लागि मध्यपूर्वमा प्रमुख रोजगारी गन्तव्यका रूपमा रहँदै आएको छ। मध्यपूर्वकै एक समृद्ध राष्ट्रको रूपमा चिनिने कुवेतको विकासमा नेपाली श्रमिकहरूले पुर्‍याएको योगदानबारे उच्च प्रशंसा हुने गरेको छ। नेपालसँग अत्यन्तै सुमधुर सम्बन्ध रहेको यस मुलुकमा अहिले पनि लाखौं नेपालीहरू विभिन्न पेशा र व्यवसायमा संलग्न छन्।कुवेतमा नेपालीहरूको वर्तमान अवस्था, अवसर र चुनौतीबारे साझा सवाल मिडियाका सम्पादक अनिल अधिकारीले कुवेतमै पुगेर नेपाली राजदूत घनश्याम लम्सालसँग गर्नुभएको विशेष अन्तर्वार्ता प्रस्तुत गरिएको छ:

 

कुवेतमा रहेका नेपालीहरूको वर्तमान अवस्था र चुनौती के छन् ?

यहाँ नेपालीहरूको लागि श्रमको सम्भावनाहरू प्रशस्त छन् । हामीले दक्ष जनशक्तिहरू उत्पादन गरेर पठाउने सम्भावनाहरू धेरै छन् । कुवैतमा नेपालीहरूका समस्या धेरै छैनन् । केही समस्याहरू त छन्, तिनलाई क्रमशः समाधान गर्ने प्रयासमा छौँ ।

अहिले कुवेतमा कति नेपालीहरू छन् ?

यहाँ अहिले गत डिसेम्बरसम्मको तथ्याङ्क अनुसार एक लाख ४० हजार नेपालीहरू छन् । अहिले त यो सख्यमा बृद्धि भइसैको सूचना हामीले पाएका छौँ । त्यो मध्ये ६७ हजार महिला छन् । जसमा ४७ हजार घरेलु कामदार र बाँकी महिला कम्पनी सेक्टरमा कार्यरत छन् ।

कुवेत लगायतका मध्यपूर्वका धेरै देशहरुमा नेपाल सरकारले २०७३ सालमै घरेलु कामदारमा नपठाउने भनेपनि यति धेरै संख्यामा नेपालीहरु कसरी आइपुगे ? उनीहरुको अवस्था कस्तो छ ?

यहाँ घरेलु कामदारको माग धेरै नै छन् । नेपाल सरकारले प्रतिबन्ध लगाएको बावजुद पनि धेरै नेपालीहरु यहाँ कानुनी, गैरकानुनी जुनसुकै रुपमा अएर समस्या भई हाम्रो सम्पर्कमा आएपनि उहाँहरुलाई नेपाली दूतावासले सहयोग पुर्याउदै आएको छ । हाम्रो सम्पर्कमा आएकाहरुलाई हामी कसरी आइपुग्नुभयो भनेर सोध्ने पनि गरेका छौं । कतिपय त काठमाडौंबाट बैंकक, दुबई, दिल्लीहुँदै कुवेतसम्म आएको पनि हामीले पाएका छौं । हामीले उहाँहरुलाई अनडकुमेन्टेड तरिकाले बिभिन्न च्यानल प्रयोग गरेर नआउन सल्लाह दिनेगरेका छौँ । उहाँहरु यसरी कुवेत आउँदा दूतावाससँग कागजात हुँदैन र भनेको समयमा सेवा दिन पनि नसकिने अवस्था आउँछ । त्यसैले उहाँहरुलाई बैध रुपमा कम्पनीहरुमा मात्र काम गर्नेगरी मात्र आउनुहोस् भन्ने अनुरोध गर्दछु ।

यहाँ घरेलु कामदारका कस्ता समस्याहरु छन् ? तपाईंले सम्बन्धित मन्त्रालयमा यसबारे जानकारी गराउनु भएको छ कि छैन ?

कतिपय घरहरुमा खान नदिएको, औषधि उपचार नगरेको, गलीगलौज गरेका समस्याहरु हामीकहाँ आउने गरेका छन् । कतिपयले म यो काम गर्न सक्दिन मलाई नेपाल फर्काइदिनुहोेस् भन्नुहुन्छ । हामीले जतिसक्यो उहाँहरुलाई सहयोग गर्छौँ । यस बारेमा लिखित तथा मौखिक रुपमा सम्बन्धित मन्त्रालयमा जाकनारी पनि गराउने गरिएको छ।

यहाँको नेपाली समाजमा ब्रम्हलुट भइरहेको भन्ने पनि सुनिन्छ, नेपालीहरुलाई कम तलवमा काम लगाएको र दूतावासले आफूहरुको समस्या नसुनेको अरोप छ नि ?

नेपाली कामदारहरुका लागि नेपाल सरकारले फ्रि भिषा, फ्रि टिकटको व्यवस्था लागू गरेको छ । इन्डोर कामका लागि ८५ हजार र आउटडोर कामका लागि ९५ हजार सहित खाना र बस्नको व्यस्था नभएसम्म हामी श्रमस्वीकृत दिँदैनौँ । यो नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्थ हो, त्यही नीति अनुसार हामी चल्छौँ । नेपाली दाजुभाइ दिदी बहिनीहरु, जो कुवेत आउँन चाहनुहुन्छ, उहाँहरुले पनि यी कुरामा ख्याल गरेर आउनुपर्छ ।

दूतावासका केही कर्मचारी, पदाधिकारीहरु नैं केही म्यानपावर व्यवसायीहरुका प्रतिनिधिका रुपमा काम गरिरहेका गुनासाहरु पनि आउने गरेका छन्, त्यस्ता कर्मचारीहरुलाई तपाईँले के गर्नुहुन्छ ?

मेरो जानकारीमा त्यस्तो छैन । यदि प्रमाण भेटियो भने कारबाही गर्न तयार छौँ । हामी त्यसैका लागि निस्पक्ष रुपमा काम गर्न भनेर यहाँ आएका हौँ, गर्छौँ । कसैको पक्षपोषण हुनेगरी यहाँ काम गर्न पाइँदैन ।

कुनै कम्पनीले एउटै काममा कुनै देशका कामदारलाई धेरै र कुनै देशका नागरिकलाई थोरै तलब दिने गरेका गुनासोहरू पनि सुनिएका छन्, कसरी त्यस्तो हुन्छ ?

देशगत रुपमा त त्यस्तो भएको जानकारी मलाई छैन । योग्यता, अुनभव आदिका हिसावमा तलवमा घटीबेसी त जहाँ पनि हुन्छ । हामीकहाँ विशेषगरी आउने समस्या भनेको नेपालबाट यहाँ आएपछि समयमै काममा लगाइएन र समसमै तलव दिइएन, तलव काटियो भन्नेखालका समस्याहरु आउँछन् । यस्ता समस्यामा हामीले कामदार र कम्पनीका व्यक्तिलाई यहीँ बोलाएर प्रत्यक्ष रुपमा कुराकानी गर्ने गरेका छौं । यसोगर्दा पनि समस्या समाधान भएन भने हामीले कम्पनी भिजिट गरेर पनि समस्या समाधान गर्ने गरेका छौं ।

कतिपय म्यानपावरहरुको डिमान्ड छिटै स्वीकृत हुने र कतिपयको डिमान्ड स्वीकृत हुन समय लाग्ने गरेका म्यानवापर व्यवसायीहरुका गुनासोहरु छन् । यसबारेमा के भन्नुहुन्छ ?

कतिपय म्यापावरहरुले विगतमा फट्याई गरेर रेपुटेशन बिगारेका छन् भने उनीहरुका बारेमा निर्णय गर्न केही ढिलाई हुनसक्छ । जुन कम्पनीमा समस्या छैन, उनीहरुको काम छिटै हुन्छ । जसकोमा समस्या छ उनीहरुलाई बोलाएर छलफल त गर्नुपर्यो नि । तर अहिले त्यस्ता समस्या आएका छैनन् । कसैलाई चाँडै र कसैलाई काम ढिला गर्ने हाम्रो नीति छैन । बिगतमा कुनै कम्पनीले नेपालीलाई दुःख दिएको थियो भने त कुरै नबुझी फेरि त्यहाँ अर्को नेपाली ल्याउँदा त उसले पनि दुःख पाउँछ नि ।

कुनै कम्पनिले कामदारलाई तोके भन्दा बढि सयम काम लगाउने र कम तलव दिनेबारेमा उजुरी पर्यो भने त्यस्ता कम्पनीलाई कसरी कारबाही गर्नुहुन्छ ?

हामी त्यस्ता कम्पनीलाई बोलाएर डिमान्ड अनुसार किन भएन भनेर प्रश्न गर्छौँ र त्यस्तालाई कालोसूचीमा राख्छौँ । दुई तीनवटा कम्पनीलाई त कलोसूचीमा राखेका छौँ । त्यस्ता कम्पनीको काम हामीले गरेका छैनौँ ।

कुवेतमा समस्यामा परेका व्यक्तिहरुले दूतावासमा कसरी सम्पर्क गर्न सकिन्छ ?

हामीले हटलाइन टेलिफोनको व्यवस्था गरेका छौं । यो फोन कार्यालय समयमा जतिखेरै पनि उठ्छ । कतिपयले त स्वयम् मलाई नैं फोन गरेर समस्या सुनाउने गर्नुहुन्छ । मैंले पनि समस्या सुनेर समाधानको उपायहरु बताइदिने गरेको छु । हामीले बिभिन्न फोरहमहरुमा गएर पनि नेपालीहरुलाई चेतनामूलक सन्देशहरु दिने गरेका छौँ । सबै नेपालीहरुसामू पुग्न त सकिँदैन तर हामीले अगुवा कार्यकर्ताहरुबीच पुगेर वर्षमा तीन चारवटा कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । हामीले निकट भविष्यमा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजवना बनाएकाछौ । कसरी रेमिटेन्स पठाउनेदिखि लिएर यहाँको कानुन मन्नुपर्छ भन्नेसम्मका सचेतनामूलक कार्यक्रमहरु हामीले बेला बेलामा सञ्चालन गर्दै आएका छौँ।

एनआरएनएसँग कस्तो सम्बन्ध राख्नुभएको छ ?

हाम्रो एकदम सौहार्दपूर्ण सम्बन्ध छ । कुनै नेपाली समस्या पर्यो, मृत्यु भने पनि उहाँहरुसँगै समन्वय र सहकार्य गर्ने गरेका छौं । मैले त उहाँहरुलाई बोलाएरै सहयोग, सल्लाह आदानप्रदान गर्ने गरेको छु ।

कुवेतमा नेपालीहरुको सम्भावना र चुनौतीहरु के के छन् ?
यहाँ कामको दक्षता बढाएर कुनै कामदार अयो भने उसका धेरै सम्भावनाहरु छन् । चुनौती भनेको भाषिक हो । यहाँको भाषा सिकेर, जानेर आउने हो भने धेरै सम्भावनाहरु छन् । यहाँ हुने सडक दूर्घटना अर्को ठुलो समस्या हो भने यहाँको कानुनी प्रावधान नजान्नु र नबुझ्नु चुनौती हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट