2026-06-25 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाथरूममा मृत अवस्थामा भेटिएकी थिइन् श्रीदेवी, भारत ल्याउन मुकेश अम्बानीले दिए निजी विमान

फागुन १३, काठमाडौँ | बलीवुड अभिनेत्री श्रीदेवीको मृत्यु भएको खबर विश्वभर फैलिएको छ । यसैबीच उनको मृत सरिरलाई भारतको मुम्बई ल्याउन एसियाकै दोश्रा धनी मुकेस अम्वानीले साथ दिएका छन् । 

अम्बानीले श्रीदेवीको पार्थिव सरिरलाई भारत ल्याउन आफ्नो निजी बिमान दिने प्रस्ताव राखेको कुरा गल्फन्युजले अपडेट गरेको छ । श्रीदेवीलाई अम्बानीकै बिमानमा मुम्बई लगिने बताइएको छ  । 

दुबईको ख्यातीप्राप्त संचारमध्यम गल्फन्युज डट कमले दिएको जानकारी अनुसार श्रीदेवीको मृत्यु बाथरुममा भएको थियो । उसले लेखे अनुसार श्रीदेवीको पार्थिव सरिर आजसाँझसम्ममा मुम्बई लाइनेछ । श्रीदेवी जुन होटलमा आफ्ना पति र छोरीको साथमा बसेकी थिइन् सोहि होटलको बाथरुममा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै उनलाई होटलबाट सिधै दुबईको अल घुसेसमा रहेको पुलिस हेडक्वाटरमा लागिएको थियो । त्यसपछि पोस्टमार्टम गरिएको  थियो । 

गल्फ न्यूजमा लेखिएको समाचार अनुसार रातको समयमा वासरुममा उनको हृदयघात भएको थियो, र उनि त्यहि ठाउँमा लड्न पुगिन् । यस होटलको नाम इमारत टावर हो जसलाई ख्यातिप्राप्त होटल चेन जुमेरा ग्रुपले अपरेट गर्ने गरेको छ । 

श्रीदेवीको सरिरलाई भारत ल्याउनमा युएईस्थित इन्डियन एम्बेसीले सहयोग गरिरहेको छ । त्यहाँ भारत र दुबईका अधिकारीहरुले मिलेर फरेन्सिक रिपोर्ट तयार गर्ने कोसिस गर्दैछन् । श्रीदेवीको सरिरलाई भारत ल्याउन दुबईको कानुन अनुसार गर्नुपर्ने हुँदा केहि ढिलाई भएको बताइएको छ । उनको डेथ सर्टिफिकेट बनाउनु पर्ने हुन्छ, त्यस्तै पासपोर्ट समेत क्यान्सिल गर्नुपर्ने हुन्छ ।

दुबईमा भएको विवाह समारोहमा यो तश्विर श्रीदेवी आफैले इन्स्टाग्राम मार्फत सेयर गरेकी थिइन् ।

केहि दिन अघि मात्र श्रीदेवीसँग लिईएको यो सेल्फी फेशन डिजाइनर मनीष मल्होत्राले सोशल मिडियामा शेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ