2026-07-25 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग लगाउने तयारि

असोज ८, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग लगाउने बाटो खुलेको छ | मंगलबार अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलेले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी थिइन् |

उनले राष्ट्रपतिमाथि ‘विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको’ आरोप लगाएकी छन् | ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप छ |

पेलोसीको महाअभियोग लगाउने घोषणालाई ट्रम्पले दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको संज्ञा दिएका छन्। उनले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले ‘उनको संवैधानिक जिम्मेवारी’ अवज्ञा गरेको बताएकी छन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो। ट्रम्पले भने युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको स्वीकार गरेपनि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाव भने नदिएको बताउँदै आएका छन्।

फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग २५ जुलाईमा गरिएको फोनसंवाद सार्वजनिक गर्ने बताएका छन्। महाअभियोगको बाटो खुलेकाले अब संसदीय समितिलाई राष्ट्रपति ट्रम्पको फोन संवादबारे अनुसन्धान गर्ने अधिकार प्राप्त भएको छ। सो अनुसन्धानले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ। महाभियोगको पक्षमा विपक्षी डेमोक्र्याटहरूको बलियो समर्थन छ।

यस्तोमा अनुसन्धान संसद्‌मा अघि बढेमा मतदानमा जानेछ र तल्लो सदनमा डेमोक्र्याटहरूको वर्चस्व रहेकाले  अभियोग सहजै पारित हुने अवस्था छ।त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुई तिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको पकड रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कमजोर छ | आजसम्म कुनै पनि अमेरीकी राष्ट्रपतिलाई महाअभियोग लागाएर हटाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली