2026-07-26 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन भारतीय सर्वोच्च अदालतको आदेश

जेठ ११, काठमाडौं । भारतीय टेलिभिजन रिपब्लिक टीभीको विवादित कार्यक्रम संचालक तथा सम्पादक अर्नब गोस्वामी बिरुद्ध सांप्रदायिक द्वन्दलाई बढावा दिने र कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई अभद्र भाषा प्रयोग गरेको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ । 

सर्वोच्चले अर्नब गोस्वामी बिरुद्ध दायर भएको एफआईआर पनि रद्द गर्ने अपिल समेत खारेज गरेको छ । गोस्वामीले मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो । अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो । 

गत महिना प्रदेश राजधानी रायपुरमा प्रदेश कांग्रेस कमिटीका अध्यक्ष मोहन मरकाम र स्वास्थ्य मन्त्री टीएस सिंहदेवले पनि सिभिल लाइन थानामा गएर अर्नबविरुद्ध एफआईआर दर्ता गरेका थिए । जानकारीका अनुसार प्रदेशका कयौं प्रहरी कार्यालयमा अर्नब गोस्वामीमाथि गैर जमानती धाराहरुमा अपराध दर्ता भएको थियो । पत्रकार गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रममार्फत बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर सर्वोच्चले मुद्दा दर्ता गर्न आदेश दिएसंगै उनिविरुद्ध कांग्रेसको राष्ट्रीय अध्यक्ष सोनिया गाँधी र कांग्रेस नेता राहुल गाँधीलाई अभद्र टिप्पणी र धर्मको आधारमा दंगा भड्काएको आरोप लगाई छत्तीसगढ कांग्रेसका कार्यकर्ता तथा नेताहरुले गोस्वामी बिरुद्ध कयौं प्रहरी कार्यालयमा मुद्दा दायर गरेका थिए । 

आफू बिरुद्ध धेरै मुद्धा परेपछि प्रहरीले आफूलाई समात्ने देखेर गोस्वामीले मुद्दा खारेजीको मागसहित केस चलाउनै पर्ने भए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गर्नुपर्ने जिकिर बोकेर दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो । उनले सोनियामाथि पालगार भन्ने स्थानमा भएको सामूहिक संहारको घटनामा विना प्रमाण मुछेका थिए । उनीविरुद्ध अदालतले १४ अलग-अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन (मुद्दा चलाउन) प्रहरीलाई आदेश दिएको थियो ।

रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ । उक्त टेलिभिजनका उनि मालिक र प्रधान सम्पादक समेत हुन् । त्यसैले उनले काँग्रेस आई र मुसलमानहरुविरुद्ध कटाक्ष गर्दै आएका छन् । उनले महाराष्ट्रमा भन्दा पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिबीआइ)ले आफ्नो मुद्धा हेरे केन्द्र सरकार र भाजपाको प्रत्यक्ष प्रभावमा पारेर खारेज गर्न सकिने रणनीति अपनाएको बताइन्छ । किनभने महाराष्ट्रमा भाजपाको एकल सरकार छैन । त्यहाँ लामो समयदेखि शिवसेनाको प्रभाव रहेको छ । 

उनै पत्रकार गोस्वामीले केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भएर भारत र नेपालको समेत द्वन्द गराउने खालको अन्तर्वार्ता प्रस्तुत गरेको र अनावश्यक कुरालाई उचालेर चीनको इसारामा नेपालले आफ्नो भुमी फिर्ता लिएको भन्दै स्टेटमेन्ट दिन प्रयास गरेका छन् । पत्रकार गोस्वामीले एक कार्यक्रममा नेपाल भारतबीच भएको सिमा बिबादलाई अनावश्यक रुपमा चीनलाई जोड्दै उक्त विषयलाई अनावश्यक उचालेका छन् । उक्त कार्यक्रममा गोस्वामीले नेपालको स्वतन्त्रता विरुद्ध अभिव्यक्तिहरु दिएको भन्दै नेपालबाट चौतर्फी आलोचना गरिएका छन् । गोस्वामीले बिना प्रमाण नेपाल विरुद्ध प्रयोग गरेको भाषा र अभिव्यक्तिले नेपालीहरु समेत रुष्ट बन्दै सामाजिक संजालमा उनि विरुद्ध बिभिन्न टिप्पणी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ