2026-06-16 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण

२०७७ श्रावण ८, बिहीवार

साउन ८, वेनचाङ । (रासस/एएफपी)। अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । 

संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ । 

चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए ।

साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गर्नु भएको थियो । पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् । 

हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताउनुभयो । उहाँले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताउनुभयो ।

मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ । तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ । चीनले पछिल्ला वर्षहरुमा अन्तरिक्ष खोजमा अमेरिकाको बर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान संचालन गरिरहेको छ । 

अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ । नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष लिएको छ । 

अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते