2026-06-29 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित

साउन २८, वेलिङ्टन। (रासस/एएनआई)। कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन् । 

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ । समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्न लाग्नु भएको उल्लेख छ ।  

उहाँले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गर्नुभएको छ । अहिले सङ्क्रमित भएकामध्ये पहिलो सङ्क्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा सङ्क्रमण देखिएको थियो । 

प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एक पटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ