2026-07-25 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय योग शिक्षकको सुचीमा नेपालीको नाम

कात्तिक १७, काठमाडौँ | नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समुह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सुचीमा दर्ता गरेको छ ।

योगी आचार्य राजन शर्मालाई ‘मास्टर योग टिचर’ को उपाधि दिँदै अलायन्सले आफ्नो वेबसाईटमा उहाँको विवरण सार्वजनिक गरेको हो । दुई हजार ५०० घण्टा भन्दा बढी योग प्रशिक्षण अनुभव हासिल गरेको वा  योग, ध्यान, प्राकृतिक उपचारको क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका वा योग विधामा शोध, अनुसन्धान र  लामो उपलब्धि ग्रहण गरेका योगगुरु, स्वामी तथा विशेषज्ञलाई यो उपाधि दिने अलायन्सको प्रावधान छ । 

हालसम्म विश्वभर २९ जना अन्तर्राष्ट्रिय योग गुरुलाई यो शीर्षकमा दर्ता गरेको  ‘योग अलायन्स वल्र्ड’ले जनाएको छ । यस अघि यो क्षेत्रमा योगदान दिने नेपाली योगीलाई अन्य शीर्षकमा मात्र दर्ता गरिएको थियो । 

नेपाल, भारत र अष्ट्रेलियाका शिक्षालय र गुरुकुलबाट  योग शिक्षा तथा  प्राकृतिक उपचार सम्बन्धी अध्ययन र अनुसन्धान गर्नुभएका भीमसेन सापकोटाको अध्यात्मिक नाम योगी आचार्य राजन शर्मा हो । उहाँले योगमा तीनवटा विश्व कीर्तिमान कायम गरेको आलायन्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मनु भएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा  उडिरहेको  विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो  कीर्तिमान राख्नुभएको थियो । 

विश्वका ४२ देशका ८२ स्थानमा ‘द आर्ट अफ ह्याप्पिनेस’ नामको उत्प्रेरणा शिविर मार्फत् विश्वलाई योगमया बनाउंने कार्यमा संलग्न शर्मालाई फिजी               सरकारले नेपाल–फिजी सांस्कृतिक राजदूत र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्व सद्भावना दूतको रुपमा समेत नियुक्त गरेको छ । महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवद्र्धन गर्दै आउंनुभएका उहाँ विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुनुहुन्छ ।   लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुनुहुन्छ । नेपाललाई योग गुरु देश बनाउंने अभियानमा लाग्नुभएका उहाँको दैनिक अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण कक्षामा हाल विश्वभरबाट  ६०० जनाको निरन्तर सहभागिता रहँदै आएको तालिमको साझेदार संस्था मानव सेवा अश्रमले जनाएको छ ।  

योगको उद्गम भूमि नेपाललाई योग र तपस्याको विश्वकै गन्तव्य र गुरु बनाउंने आफ्नो अभियान रहेको उहाँ बताउंनुहुन्छ । अष्ट्रेलियामा अध्यापन तथा  योग प्रवद्र्धन गरिरहनुभएका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली