2026-07-25 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०४३ भित्र न्यूजील्यान्डको जनसंख्याको २६ प्रतिशत हिस्सा एसियाली मूलका हुने

जेठ १४, वेलिङ्टन (रासस–सिन्ह्वा) | न्यूजील्यान्डको जनसंख्या आगामी दुई दशकभित्र जातीय रुपमा अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको छ । 

न्यूजील्यान्डको जनसंख्या विभागका अनुसार सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै ४३ प्रतिशत एसियाली मुलका नागरिक हुनेछन् । 

विभागले सन् २०१८ मा एसियाली मुलका नागरिकको जनसंख्या १६ प्रतिशत रहेकामा अब त्यो बृद्धि भएर सन् २०४३ मा २६ प्रतिशत पुग्ने जनाएको छ । 

सन् २०१८ मा “युरोपेली वा अन्य” मुलका नागरिकको जनसंख्या ७० प्रतिशत रहेकामा त्यो घटेर ६४ प्रतिशत हुने विभागको अनुमान छ । 

विभागका जनसंख्या पूर्वानुमान व्यवस्थापक हामिश स्लाकले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “सबै जातीय समूहको जनसंख्या आगामी दुई दशकमा बृद्धि हुनेछ, तर जनसंख्याको ठूलो हिस्सा रहेको युरोपेली वर्गको जनसंख्या बृद्धिमा निकै कमी आउने छ ।”

स्लाकका अनुसार भिन्न भिन्न जातीय समूहबीच जन्म, मृत्यु र आप्रवासनको दर फरक फरक छ । उमेर समूहका आधारमा पनि जातीय समूहको हिस्सा फरक देखिएको छ । उदाहरणका लागि, सन् २०१८ मा माओरी समुदायका ०–१४ वर्ष उमेर समूहका युवाको जनसंख्या २७ प्रतिशत रहेकामा ६५ वर्षभन्दा बढीको उमेर समूहमा ७ प्रतिशत मात्र देखिएको छ । 

व्यवस्थापक स्लाकले सन् २०२० को डिसेम्बरमा सार्वजनिक भएझैं न्यूजील्यान्डको कूल जनसंख्या २० देखि ३० वर्षको अवधिमा करिब ६० लाख पुग्न सक्ने बताउनुभयो । 

एसियाली र माओरी समुदायको जनसंख्या सन् २०२४–२०२७ र २०२८–२०३२ को अवधिमा १० लाखभन्दा बढी हुने तथ्याँक विभागको भनाई छ । 

माओरी समुदायको जनसंख्या औसतभन्दा बढी दरमा बृद्धि हुनेछ भने एसियाली मूलको जनसंख्या आप्रवासनका कारण बृद्धि हुनेछ, स्लाकले भन्नुभयो ।

विभागका अनुसार सन् २०२० को दशकको शुरुमा माओरी जनसंख्याभन्दा एसियाली मूलको जनसंख्या बढी तिब्र गतिमा बृद्धि हुनेछ । खासगरी चिनियाँ र भारतीय समूहको जनसंख्या न्यूजील्यान्डमा बढी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली