2026-09-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

माघ १७, काठमाडौँ | ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ ।यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो शहरमा मात्र १८ जनाको मृत्यु  भएको अधिकारीहरुले जनाएका छन् ।साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भन्नुभएको छ– हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।

उहाँले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ । करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ ।

बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ ।मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै