2026-10-26 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२५ सम्ममा पर्यटकहरुलाई अन्तरिक्ष यात्रा गराउने योजनामा चीन

माघ १७, काठमाडौँ | एजेन्सी | चिनिया कम्पनीले एउटा निकै तीव्र गतिमा उड्ने रकेट बनाइरहेको छ । आगामी ३ वर्षमा चिनिया अन्तरिक्षयानमा बसेर मानिसहरु पर्यटकको रुपमा अन्तरिक्षको भ्रमणमा जान सक्नेछन् ।

रकेटमा पंखा हुनेछन् । यो एक विन्दुबाट अर्को विन्दुसम्म हुने उडानका लागि रहनेछ । स्याटेलाईट प्रक्षेपण गर्ने संसारका अन्य रकेटको तुलनामा यो सस्तो हुनेछ । यो कुनै पनि सामान्य जहाजभन्दा तीव्र गतिमा उड्नेछ ।

चीनको यो स्पेस यान पृथ्वीदेखि अन्तरिक्ष सम्मको दुई विन्दुबीचमा यात्रा गर्नेछ । यो रकेटलाई र्यापिड ट्रान्सपोर्टको रुपमा उपयोग गरिनेछ र पूर्णरुपमा पुनः प्रयोगमा ल्याउन सकिनेछ ।

स्पेस ट्रान्सपोर्टेसन वेबसाइटमा रहेको भिडियो प्रस्तुती अनुसार यो यानलार्य निकै महत्वाकांक्षी परियोजना मानिएको छ । एनिमेटेड प्रस्तुतीमा मानिसहरु रकेटभित्र बसिरहेका र उक्त रकेटले सिधै माथि उडान भरेको देखाइएको छ ।

यो अन्तरिक्ष यानमा रकेट पावर्ड पंखा हुनेछन् । यो यान चीनबाट उडेर सिधै अन्तरिक्षमा पुग्नेछ र त्यहाँबाट सिधै दुबईमा अवतरण गर्नेछ । यसको अवतरण पनि सिधै ठाडो अर्थात् भर्टिकल हुनेछ । यो पछाडिको भागमा रहेको तिनवटा खुट्टामा अवतरण गर्नेछ ।

यो रकेट बनाउने कम्पनी बेइजिङ लिंगकंग तियानजिङ टेक्नोलोजी लिमिटेड हो । आगामी वर्षदेखि यो अन्तरिक्ष रकेटको परीक्षण सुरु गर्ने योजना कम्पनीको छ । त्यस्तै सन् २०२४ मा यसको पहिलो उडान हुनेछ भने मानवयुक्त पहिलो उडान चाहीँ सन् २०२५ मा सुरु हुनेछ ।

त्यसपछि सन् २०३० मा एक विश्वव्यापी, अर्बिटल तथा यात्रुयुक्त अन्तरिक्ष उडानको पनि योजना छ ।

यो कम्पनीको स्थापना सन् २०१८ मा भएको थियो । अन्तरिक्ष पर्यटनको आफ्नो योजना तय गर्न पर्याप्त समय लगाइएको भन्दै कम्पनीले अघिल्लो वर्ष यसका लागि ४ करोड ६३ लाख डलर कोष जम्मा गरेको थियो ।

कम्पनीले तियानजिङ १ र तियानजिङ २ गरी दुईवटा हाइपरसोनिक स्पेस प्लेन पनि बनाएको छ । यी जहाजको १० औँ परीक्षण उडान गत जनवरी २३ मा गरिएको थियो ।

स्मरण रहोस् अहिले विश्व अन्तरिक्ष पर्यटनको दौड सुरु भैसकेको छ । भर्जिन ग्यालेक्टिक कम्पनीले गत वर्षको जुलाईमै पहिलोपटक कम्पनीका प्रमुख रिचार्ड ब्रान्सनसहितका यात्रुहरुलाई आफ्नो यानमा राखेर अन्तरिक्ष यात्रा गराइसकेको छ ।

त्यस्तै जुलाईमै जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले पनि बेजोससहितका यात्रुलाई अन्तरिक्षमा लगिसकेको छ । र त्यसयता पनि अन्तरिक्षयात्रा गराइसकेको छ ।

गत हप्ता अमेरिकाको सिएटलस्थित रेडियन एरोस्पेस कम्पनीले सिंगल स्टेजयुक्त अर्बिटल भेहिकल तयार गरिरहेको घोषणा गरेको थियो । त्यस्तै चाइनिज एकेडेमी अफ साइन्सको सहयोगी कम्पनी सीएएस स्पेस पनि आफ्नो सब अर्बिटल टुरिजम सर्भिसको तयारीमा जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने