2026-09-29 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२५ सम्ममा पर्यटकहरुलाई अन्तरिक्ष यात्रा गराउने योजनामा चीन

माघ १७, काठमाडौँ | एजेन्सी | चिनिया कम्पनीले एउटा निकै तीव्र गतिमा उड्ने रकेट बनाइरहेको छ । आगामी ३ वर्षमा चिनिया अन्तरिक्षयानमा बसेर मानिसहरु पर्यटकको रुपमा अन्तरिक्षको भ्रमणमा जान सक्नेछन् ।

रकेटमा पंखा हुनेछन् । यो एक विन्दुबाट अर्को विन्दुसम्म हुने उडानका लागि रहनेछ । स्याटेलाईट प्रक्षेपण गर्ने संसारका अन्य रकेटको तुलनामा यो सस्तो हुनेछ । यो कुनै पनि सामान्य जहाजभन्दा तीव्र गतिमा उड्नेछ ।

चीनको यो स्पेस यान पृथ्वीदेखि अन्तरिक्ष सम्मको दुई विन्दुबीचमा यात्रा गर्नेछ । यो रकेटलाई र्यापिड ट्रान्सपोर्टको रुपमा उपयोग गरिनेछ र पूर्णरुपमा पुनः प्रयोगमा ल्याउन सकिनेछ ।

स्पेस ट्रान्सपोर्टेसन वेबसाइटमा रहेको भिडियो प्रस्तुती अनुसार यो यानलार्य निकै महत्वाकांक्षी परियोजना मानिएको छ । एनिमेटेड प्रस्तुतीमा मानिसहरु रकेटभित्र बसिरहेका र उक्त रकेटले सिधै माथि उडान भरेको देखाइएको छ ।

यो अन्तरिक्ष यानमा रकेट पावर्ड पंखा हुनेछन् । यो यान चीनबाट उडेर सिधै अन्तरिक्षमा पुग्नेछ र त्यहाँबाट सिधै दुबईमा अवतरण गर्नेछ । यसको अवतरण पनि सिधै ठाडो अर्थात् भर्टिकल हुनेछ । यो पछाडिको भागमा रहेको तिनवटा खुट्टामा अवतरण गर्नेछ ।

यो रकेट बनाउने कम्पनी बेइजिङ लिंगकंग तियानजिङ टेक्नोलोजी लिमिटेड हो । आगामी वर्षदेखि यो अन्तरिक्ष रकेटको परीक्षण सुरु गर्ने योजना कम्पनीको छ । त्यस्तै सन् २०२४ मा यसको पहिलो उडान हुनेछ भने मानवयुक्त पहिलो उडान चाहीँ सन् २०२५ मा सुरु हुनेछ ।

त्यसपछि सन् २०३० मा एक विश्वव्यापी, अर्बिटल तथा यात्रुयुक्त अन्तरिक्ष उडानको पनि योजना छ ।

यो कम्पनीको स्थापना सन् २०१८ मा भएको थियो । अन्तरिक्ष पर्यटनको आफ्नो योजना तय गर्न पर्याप्त समय लगाइएको भन्दै कम्पनीले अघिल्लो वर्ष यसका लागि ४ करोड ६३ लाख डलर कोष जम्मा गरेको थियो ।

कम्पनीले तियानजिङ १ र तियानजिङ २ गरी दुईवटा हाइपरसोनिक स्पेस प्लेन पनि बनाएको छ । यी जहाजको १० औँ परीक्षण उडान गत जनवरी २३ मा गरिएको थियो ।

स्मरण रहोस् अहिले विश्व अन्तरिक्ष पर्यटनको दौड सुरु भैसकेको छ । भर्जिन ग्यालेक्टिक कम्पनीले गत वर्षको जुलाईमै पहिलोपटक कम्पनीका प्रमुख रिचार्ड ब्रान्सनसहितका यात्रुहरुलाई आफ्नो यानमा राखेर अन्तरिक्ष यात्रा गराइसकेको छ ।

त्यस्तै जुलाईमै जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले पनि बेजोससहितका यात्रुलाई अन्तरिक्षमा लगिसकेको छ । र त्यसयता पनि अन्तरिक्षयात्रा गराइसकेको छ ।

गत हप्ता अमेरिकाको सिएटलस्थित रेडियन एरोस्पेस कम्पनीले सिंगल स्टेजयुक्त अर्बिटल भेहिकल तयार गरिरहेको घोषणा गरेको थियो । त्यस्तै चाइनिज एकेडेमी अफ साइन्सको सहयोगी कम्पनी सीएएस स्पेस पनि आफ्नो सब अर्बिटल टुरिजम सर्भिसको तयारीमा जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै