2026-09-29 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलको संसदीय निर्वाचनमा सत्तारुढ दल विजयी

माघ १७, काठमाडौँ | पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ ।  प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्मको नतिजानुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो ।  समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक पार्टीले पछ्याइरहेको पनि आयोगका अधिकारीले जनाएका छन् । 

आयोगले समाजवादी पार्टी नै विजयी हुने सुनिश्चित भएको घोषणा गरेपछि राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले नागरिकलाई बधाई दिनुभएको छ । उहाँले भत्रुभएको छ, “यो निर्वाचन हाम्रा लागि विशेष अवसर थियो, हामीले कडा मेहनत गरेर यसलाई सदुपयोग गरेका छौँ, सबैभन्दा सानो उमेरदेखि सबैभन्दा वृद्घसम्मलाई अब अझ राम्रो हुने भएको छ ।” 

तत्कालीन संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि गत नोभेम्बरमा राष्ट्रपति सौसाले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुभएको थियो । बजेट पारित गर्न गत अक्टोबर २७ मा  संसद्मा मतदान भएको थियो । सत्तारुढ गठबन्धनमा रहेको वामपन्थी दलले सहयोग नगरेपछि बजेट पारित हुन सकेको थिएन । त्यसपछि सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलको इतिहासमा आठौंँ पटक संसद् विघटन गरिएको हो ।  धेरैले कोभिड–१९ का महामारीबीच सम्पन्न अग्रिम निर्वाचनमा सत्तारुढ दललाई धक्का लाग्ने अनुमान गरे पनि मत परिणाम अनुमानभन्दा फरक आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै