2026-09-26 09:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तिब्बतको पग्लिरहेको हिमनदीमा भेटियो १५,००० वर्ष पुरानो भाइरस

कात्तिक १४, काठमाडौँ | कोरोना भाइरसको प्रभावबाट विश्व अझै पूर्णरुपमा निको हुन सकेको छैन, यसैबीच वैज्ञानिकहरूले नयाँ महामारीको खतरा व्यक्त गरेका छन् । हालै एउटा अनुसन्धान गरिएको थियो जसमा अर्को महामारी हिमनदी पग्लिएका कारण निम्तिने चेतावनी दिइएको छ । अनुसन्धानमा कोरोनाका सबै प्रकारका खतरनाक भाइरस र ब्याक्टेरिया हिमनदीमा लुकेको भनिएको छ ।  

हिमनदीहरूमा सयौं खतरनाक भाइरस र ब्याक्टेरियाहरू छन्। वैज्ञानिकले यी हिमनदीमा भाइरस पाउन थालिसकेका छन् । ग्लोबल वार्मिंगका कारण पृथ्वीको  बरफ पग्लिरहेका छन् र यहाँबाट प्राचीन जीव निस्किन थालेका छन् । यी प्राचिन भाइरसको फिर्ती हाम्रो लागि राम्रो होइन । बरफ पग्लिएपछि बाहिर आएका यी भाइरस वातावरणमा फैलिन सक्छन् ।

Ancient 15,000-year-old viruses found emerging from melting glacier ice |  The US Sun

माइक्रोबायोममा प्रकाशित शोधमा अनुसन्धानकर्ताले तिब्बती पठारको गुलिया आइस क्याम्पबाट दर्जनौँ अचम्मका भाइरसको पहिचान गरेका छन् । यो भाइरस करिब १५ हजार वर्ष पुरानो बताइएको छ । शोधका मुख्य लेखक तथा ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट जि पिङ झोङले यी हिमनदी बिस्तारै बनेको बताए । धुलो र ग्यासका साथै थुप्रै भाइरस पनि त्यहि बरफमा जमे ।

पछिल्ला अध्ययनबाट के पत्ता लागेको छ भने सुक्ष्मजीव समुदायको सम्बन्ध, वातावरणमा धुलो र आयन सान्द्रतामा परिवर्तनसँग जोडिएको हुन्छ । यसले त्यतिबेलाको जलवायु र पर्यावरणीय परिस्थितिको पनि संकेत दिन्छ । चीनमा समुद्र सतहबाट ६.७ किलोमिटर उचाइमा रहेको पुरातन समयका यी जमेका हिमनदीमा ३३ मध्ये २८ वटा भाइरस पहिले कहिल्यै नदेखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट म्याथ्यू सुलिवनका अनुसार यो यस्ता भाइरस हुन् जुन कठिन वातावरणमा हुर्किएका होलान् । ज्ञात भाइरसको डाटाबेसले यी भाइरसको जेनेटिक सिक्वेन्सको तुलना गर्दा बरफमा भेटिएका सबैभन्दा धेरै भाइरस ब्याक्टिरियोफेज भाइरस थिए जुन मिथाइलोब्याक्टेरियमलाई संक्रमित गर्छन् । मिथाइलोब्याक्टेरियम ब्याक्टेरिया बरफभित्र मिथेन चक्रका लागि महत्वपूर्ण हुन्छन् ।

यो भाइरस, बोटबिरुवा र माटोको मिथाइलोब्याक्टेरियम स्ट्रेन्समा बस्ने भाइरससँग सबैभन्दा बढी मेल खान्थे । टिमले यो जमेको भाइरस हुनसक्ने निष्कर्ष निकाले जुन माटो वा बोटबिरुवाबाट उत्पन्न हुन्छन् र आफ्नो होस्टका लागि पोषक तत्व जम्मा गर्छन् । जबकी कोभिड–१९ महामारीपछि, यस्ता भाइरसले थप डर पैदा गर्छन् । सबैभन्दा ठूलो खतरा त यो पनि हो कि पग्लिँदै गरेको बरफले ठूलो मात्रामा सिक्वेन्स्ड मिथेन र कार्बन छोडिरहेको छ ।

पृथ्वी वैज्ञानिक लोनी थम्पसनले भने, ‘हामीलाई कठिन वातावरणमा बस्ने भाइरस र किटाणुबारे धेरै कम थाहा छ । हामीलाई थाहा छैन कि जलवायु परिवर्तनमा ब्याक्टेरिया र भाइरसले कस्तो प्रतिक्रिया गर्छन् । धेरै कुरा अनुसन्धान गर्नै बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह