Skip to content
Friday, July 17, 2026 Nepali Online Media
March 19, 2023 शिक्षा

स्ववियुको नेतृत्वका लागि मतदान सुरु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ५, काठमाडौं | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न ४ बजेसम्म जारी हुनेछ ।

निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ ।