2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कोरियाको मेलामा मकवानपुरे किवीको प्रबद्र्धन

हेटौडा ६ आश्विन ।

आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष न्यौपानेले बताउनु भएकोछ । महोत्सवमा एक गाउँ एक उत्पादन अन्तर्गत मकवानपुरमा उत्पादन भएको किवीको बजारीकरण, स्थानीय हस्तकला, पर्यटन क्षेत्रको विकासका लागि आफूहरुभाग लिन गएको संघका महासचिव राउतले बताउनुभएकोछ । महोत्सवका अलावा स्थानीय वाणिज्य संघसँग भेटघाट र सहकार्य, मकवानपुरमा समेत सम्भावना रहेका उद्योग कलकारखानाको अवलोकन गर्ने कार्यक्रम रहेको संघका सदस्य चौलागाईंले बताउनु भएकोछ । दक्षिण कोरियामा रहेका नेपालका यज्ञराज सुवेदी र रमेश उप्रेतीको विशेष पहलमा नेपालले सो महोत्सवमा आफ्नो प्रतिनिधित्व गराउन सकेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ