कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रजिअ र विद्युत कार्यालयका प्रमुखलाई बुझाए अछामका संञ्चारकर्मिले खाली कागज

६ आश्विन २०७३, बिहीबार १२:३९

कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको संञ्चारकर्मिको टोलिले अव्यवस्थित र अनियमित हुदै गएको विद्युत सेवा सुधारका लागि सचेतनाका लागी निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामका प्रमुख रोशन कुमार ठाकुरलाई कोरो कागज हस्तान्तरण गरेका छन । 

गत भदौ १७ गते देखि अछामको मंगलसेन बजार, ओलिगाउ  तथा कालिका क्षेत्रमा लामो समयदेखि विद्युत सेवा अनियमित हुदा पनि कार्यालयको ध्यान नपुगेको संञ्चारकर्मिले गुनासो गरेका थिए । केन्द्रिय लाईन विस्तार हुदा समेत अछामका छापा तथा ईलेक्ट्रोनिक संञ्चार माध्यामले निकै समस्या भोग्नु परेको बताएका थिए । 

विद्युत सेवा अनियमित हुनुमा कार्यालयका कर्मचारीको नै लापरवाही भएको उनिहरुले बताएका थिए । आगामि दिनमा विद्युत सेवा सुचारु हुन नसके यो पहिलो चरणको साकेतिक कार्यक्रम भएको र आगामि दिनमा समस्या समाधान हुन नसके थप कार्यक्रमलाई अगाडि बढाईने बताईएको छ । 


कार्यक्रममा खप्तड न्युज अछामका पुष्प राज भट्ट, रामारोशन दैनिकका प्रकाशक नरेश कुमार शाहीले जिल्लामा सञ्चार माध्यमले विद्युत नहुदा भोग्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले जिल्लामा विद्युत क्षेत्रमा थुप्रै समस्या भएकाले यसको समाधानका लागि पहल गर्ने बताएका थिए । यस्तै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामका प्रमुख रोशन कुमार ठाकुरले सिमित स्रोत साधन र कर्मचारीको विचमा सेवा दिन परिरहेकाले थुप्रै समस्या आएको बताएका थिए । आफनो कर्मचारी मार्फत भएका कमि कमजोरीलाई सुधार्दै लैजानका पहल गर्ने बताएका थिए ।

 जिल्लामा विद्युत सेवा अनियमित हुने ठाउमा जानलाई कर्मचारीलाई यातायातको साधनको अभाव जहिले पनि भईरहेको बताएका थिए । आगामि दिनमा सबै समस्या समाधानका लागि एक्लै विद्युत कार्यालयले केहि गर्न नसक्ने भएकाले सबैको साथ सहयोगको आवश्यकता रहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा