कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल"/>
2026-10-14 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रजिअ र विद्युत कार्यालयका प्रमुखलाई बुझाए अछामका संञ्चारकर्मिले खाली कागज

कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको संञ्चारकर्मिको टोलिले अव्यवस्थित र अनियमित हुदै गएको विद्युत सेवा सुधारका लागि सचेतनाका लागी निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामका प्रमुख रोशन कुमार ठाकुरलाई कोरो कागज हस्तान्तरण गरेका छन । 

गत भदौ १७ गते देखि अछामको मंगलसेन बजार, ओलिगाउ  तथा कालिका क्षेत्रमा लामो समयदेखि विद्युत सेवा अनियमित हुदा पनि कार्यालयको ध्यान नपुगेको संञ्चारकर्मिले गुनासो गरेका थिए । केन्द्रिय लाईन विस्तार हुदा समेत अछामका छापा तथा ईलेक्ट्रोनिक संञ्चार माध्यामले निकै समस्या भोग्नु परेको बताएका थिए । 

विद्युत सेवा अनियमित हुनुमा कार्यालयका कर्मचारीको नै लापरवाही भएको उनिहरुले बताएका थिए । आगामि दिनमा विद्युत सेवा सुचारु हुन नसके यो पहिलो चरणको साकेतिक कार्यक्रम भएको र आगामि दिनमा समस्या समाधान हुन नसके थप कार्यक्रमलाई अगाडि बढाईने बताईएको छ । 

कार्यक्रममा खप्तड न्युज अछामका पुष्प राज भट्ट, रामारोशन दैनिकका प्रकाशक नरेश कुमार शाहीले जिल्लामा सञ्चार माध्यमले विद्युत नहुदा भोग्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले जिल्लामा विद्युत क्षेत्रमा थुप्रै समस्या भएकाले यसको समाधानका लागि पहल गर्ने बताएका थिए । यस्तै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामका प्रमुख रोशन कुमार ठाकुरले सिमित स्रोत साधन र कर्मचारीको विचमा सेवा दिन परिरहेकाले थुप्रै समस्या आएको बताएका थिए । आफनो कर्मचारी मार्फत भएका कमि कमजोरीलाई सुधार्दै लैजानका पहल गर्ने बताएका थिए ।

 जिल्लामा विद्युत सेवा अनियमित हुने ठाउमा जानलाई कर्मचारीलाई यातायातको साधनको अभाव जहिले पनि भईरहेको बताएका थिए । आगामि दिनमा सबै समस्या समाधानका लागि एक्लै विद्युत कार्यालयले केहि गर्न नसक्ने भएकाले सबैको साथ सहयोगको आवश्यकता रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश