२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्नाली राजमार्गमा गाडीभाडा ह्वात्तै घट्यो, यात्रु खुशी

७ आश्विन २०७३, शुक्रबार ०४:३७

दलसिंह गिरी । अशोज ७, कालिकोट | कर्नाली राजमार्गको कालिकोट–सुर्खेत र कालिकोट–जुम्ला सडक खण्डको यातायात भाडादर ह्वात्तै घटेको छ । यातायात विभागले २०७२ माघ २४ गते निर्धारण गरेको भाडाभन्दा बढी भाडा असुल्दै आएका बसहरुमाथि प्रहरी प्रशासनले निगरानी गरी निर्धारित भाडादर लागु गर्न सक्रियता देखाएपछि भाडादर ह्वात्तै घटेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख योगेन्द्र कुमार खड्का जिल्लामा सरुवा भएर आए लगतै बस यातायातको भाडादर बुझि यातायात विभागले निर्धारण गरेको भाडादर कार्यान्वयनको लागि सक्रियाता देखाएपछि मनपरि भाडादर ह्वात्तै घटेको छ । यस अधि बस ब्यवशायीहरुले कालिकोट–सुर्खेत भाडा दर ७ सय ७५ र कालिकोट–जुम्ला भाडादर ५ सय ५० रुपैया लिदै आएका थिए । यहि गएको आइतवारबाट नेपाल प्रहरी र ट्राफिक प्रहरीले सक्रियता देखाउन थालेपछि कालिकोट–सुर्खेतको भाडादर ६ सय ३ र कालिकोट–जुम्लाको भाडा ३ सय २८ रुपैया कायम रहेको छ ।


यातायात विभागले निर्धारण गरेको भाडादर कार्यन्वयनको लागि कर्नालीका सरोकारवालाहरुले उदाशिनता देखाएपछि बस ब्यवशायी संघले मनपरिभाडा उठाउदै आएका थिए । प्रहरी प्रमुख खड्का जिल्ला आए लगतै जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरु संग परामर्श गरी नेपाल सरकार यातायात विभागले निर्धारण गरेको भाडादरलाई कार्यान्वयनमा ल्याउन सक्रिता देखाउनु भएको छ ।

खड्काले यातायात विभाग द्धारा निर्धारित भाडादर सवारी साधनको ढोका–ढोका तथा टिकट काउन्टरमा नास गरिएकाले यात्रुमहानुभावहरुले भाडादर बुझेरमात्र टिकटलिन तथा भाडा बुझाउन अनुरोध समेत गर्नु भएको छ । जिल्लामा यात्रुहरु बोक्दै आएका अन्य निजी सवारी साधनहरुलाई पनि यातायात विभागमा दर्ता भै कालो प्लेट नलिएसम्म यात्रुहरुनबोक्न आग्रह गर्दै यात्रुबोक्न प्रतिवन्ध समेत लगाइएको बताउनु भएको छ । कालिकोट–सुर्खेत यात्राको लागि प्रति ब्यक्ति २ हजार देखि  २ हजार ५ सय सम्म भाडा लिदै आएका २ दर्जन बढी निजी सवारी साधानहरु प्रहरी प्रशासनले निगरानी गर्न थालेपछि आफ्नो ब्यवशाय धरापमा पर्दै गएको निजी सवारी ब्यवशायीहरु गुनासो ब्यक्त गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने