कमल सुबेदी,असोज ७ पोखरा 
साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा शनिबार पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी,असोज ७ पोखरा 
साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा शनिबार पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दुई ताल जोड्ने साइकल यात्रा

७ आश्विन २०७३, शुक्रबार १४:३५


कमल सुबेदी,असोज ७ पोखरा 
साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा शनिबार पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली  टुर दि पोखरा अन्तर्गत फेवाताल देखी बेगनास तालसम्मको कार्यक्रम हुन लागेको हो । २८.३ किमीको यात्रा रहेको उक्त यात्राको लागि जयन्ती मेमोरियल ट्रष्टले बिशेष रहेको छ । यसवर्ष ‘साइकल चढौं स्वास्थ्य,वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा— २०१६ साइकल र्याली दोस्रो शृंखला हुन लागेको संयोजक निरज थापाले जानाकारी दिए ।  यसै कार्यक्रमका लागि विश्व साइकल यात्री पुष्कर शाह पोखरा आइसकेका छन ।कार्यक्रममा विभिन्न उमेर समुहका साइकल यात्रीको सहभागिता रहने थापाले जानाकारी दिए । यात्रामा  ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्म सहभागि हुने  उनले बताए । हालसम्म करिब  पाँच सय  जनाले नाम दर्ता गरेका छन  । शनिबारसम्ममा झन्डै एक हजार जनाले र्यालीमा सहभागिता जनाउने विश्वास लिएको साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले बताए ।कार्यक्रमलाई पोखरा उप महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ,जिल्ला साइक्लिष्ट संघ,कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल साइक्लिष्ट महासंघ,बाबा फाउन्डेसन,जिल्ला विकास समिति, कास्की लगायत विभिन्न संघसंस्था तथा उद्योग व्यवसायको सहयोग गरेका छन् भने नेपाल पर्यटन वोर्ड मुख्य प्रर्वधक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो