कमल सुबेदी,असोज ७ पोखरा 
साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा शनिबार पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी,असोज ७ पोखरा 
साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा शनिबार पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली "/>

2026-07-28 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दुई ताल जोड्ने साइकल यात्रा

कमल सुबेदी,असोज ७ पोखरा 
साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा शनिबार पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली  टुर दि पोखरा अन्तर्गत फेवाताल देखी बेगनास तालसम्मको कार्यक्रम हुन लागेको हो । २८.३ किमीको यात्रा रहेको उक्त यात्राको लागि जयन्ती मेमोरियल ट्रष्टले बिशेष रहेको छ । यसवर्ष ‘साइकल चढौं स्वास्थ्य,वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा— २०१६ साइकल र्याली दोस्रो शृंखला हुन लागेको संयोजक निरज थापाले जानाकारी दिए ।  यसै कार्यक्रमका लागि विश्व साइकल यात्री पुष्कर शाह पोखरा आइसकेका छन ।कार्यक्रममा विभिन्न उमेर समुहका साइकल यात्रीको सहभागिता रहने थापाले जानाकारी दिए । यात्रामा  ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्म सहभागि हुने  उनले बताए । हालसम्म करिब  पाँच सय  जनाले नाम दर्ता गरेका छन  । शनिबारसम्ममा झन्डै एक हजार जनाले र्यालीमा सहभागिता जनाउने विश्वास लिएको साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले बताए ।कार्यक्रमलाई पोखरा उप महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ,जिल्ला साइक्लिष्ट संघ,कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल साइक्लिष्ट महासंघ,बाबा फाउन्डेसन,जिल्ला विकास समिति, कास्की लगायत विभिन्न संघसंस्था तथा उद्योग व्यवसायको सहयोग गरेका छन् भने नेपाल पर्यटन वोर्ड मुख्य प्रर्वधक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ