२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

फोक्सीङ्गाका ९ वटै वडाहरुमा महिलाहरुको नेतृत्व

२०७३, ८ आश्विन शनिबार ०३:४४

प्रेम सुनार | असोज–८, गुल्मी । गुल्मी जिल्लामा जनप्रतिनीधी चयनको ईतिहाँसमा पहिलो पटक एक मात्र गाविस फोक्सीङ्गको वडा नागरिक मञ्च गठनको भेलाबाट ९ वटै वडाको नेतृत्वमा महिलाहरुले कव्जा जमाउन सफल भएका छन् ।

जिल्लाका प्राय धेरे जसो गाविसमा महिलाहरुले जनप्रतिनिधीहरुको  नेतृत्व लिन नसकी रहेको वेला फोक्सीङ्गका पुरै वडामा महिलाहरुले नेतृत्व लिएको खवरले आफुहरुलाई खुशी लागेको र यो सवल पक्षलाई अन्य गाविसले पनि अनुशरण गर्नु पर्ने स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए ।

‘छन् त अन्य गाविसका केहि वडाहरुमा महिलाहरुले नेतृत्व लिएका छन् तर एउटै गाविसको पुरै वडामा महिलाहरुले नेतृत्व लिएको यो पहिलो हो –‘ अधिकारी पन्थीले भने–‘ नेपाल सरकारले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक विकास (एलजीसिडीपी )कार्यक्रमको मुल मर्म नै महिला , पछाडी पारिएका वर्ग समुदाय, अपाङ्गता भएका व्यक्ति, अति सिमन्तकृत अल्पसंख्यकलाई नीति निर्माणको तहमा पुरानु , उनिहरुलाई राज्यबाट पाएको सेवा सुविधा र अधिकार माग्न सिकाउनु , हरेक विकास निर्माणमा सहभागी बनाउनु र उनिहरुलाई आत्मानिर्भर बनाउनु हो ।’

 उनले थपे–‘ गुल्मीमा सोही मर्म अनुरुप  यो कार्यक्रम सञ्चालन भई रहेको प्रति सन्तोष लागेको छ ।’ जिल्ला विकास समितिले सामाजिक संस्थाहरुलाई प्रतिष्पर्धा गराएर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । फोकल पर्शन जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद मरासीनीका अनुसार जिल्लाका ९ वटा सामाजिक संस्थाहरुले सन्तोषजनक रुपमा यो कार्यक्रम सञ्चालन गरी रहेका छन् । ति मध्ये फोक्सीङ्ग सहित क्षेत्र नम्वर १ को ९ वटा गाविसमा सेवा प्रादायिक संस्था गतिशिल जनचेतना अभियान (डिपिसिसी)  गुल्मीले यो कार्यक्रम सञ्चालन गरेको छ । 

सो संस्थाका अध्यक्ष युवराज केसीले भने –‘हामीले उक्त कार्यक्रम  क्षेत्र नम्वर १ का ९ वटा गाविसहरुमा  जिल्ला विकास समितिबाट सञ्चालन गर्ने जिम्मा पाएका हौं, यसर्थ अधिकांस गाविसहरुमा महिलाहरुले नै नेतृत्व लिन पर्छ , अव महिलाहरु कुनै पनि क्षेत्रमा किनाराको साँछी जस्तै भएर बस्न हुँदैन , कार्यकारी भएर काम गर्नु पर्छ भन्ने प्र्रशिक्षणका साथ जन समुदायमा पुगेका हौं, तर पनि सवै गाविसमा सफल हुन नसके पनि फोक्सीङ्गमा ९ वटै वडामा महिलाहरुलाई नेतृत्वमा पुराउन सफल भएका छौं । यो सवल पक्ष र उदाहरणीय कार्य हो फोक्सीङ्ग पुरुषहरुलाई , धन्यबाद र त्यहाँका सवै महिलाहरुलाई बधाई दिनै पर्दछ । ’

सो संस्थाका कार्यक्रम संयोजक घनश्याम खरालका अनुसार फोक्सीङ्गको वडा नम्वर १ मा जैयमाया सुत्पराई वडा नागरिक मञ्चको संयोजक बनेकी छिन् । वडा नम्वर २ मा वालिका वलाल , वडा नम्वर ३ मा दिपकुमारी राना, वडा नम्वर ४ मा पार्वती राना, वडा नम्वर ५ मा हरिमाया राना, वडा नम्वर ६ मा नन्दकला सापकोटा , वडा नम्वर ७ मा राधिका केसी, वडा नम्वर ८ मा सिता राना र वडा नम्वर ९ मा कुमारी वलाल  वडा नागरिक मञ्चको संयोजक बनेका हुन् ।

तर  हरेवामा एक जना  पनि महिला  संयोजक नबनेर सवै वडामा पुरुषहरु संयोजक रहेकोले यो समाचार तयार पार्दै गर्दां सो संस्थाका अध्यक्ष केसीले त्यहाँकी सामाजिक परिचालिकालाई फोन गरेर कुनै न कुनै वडामा महिला संयोजक बनाउन पहल गर्न  सुझाव  दिई रहेका थिए ।

कार्यक्रम संयोजक खरालका अनुसार दिव्रुङ्गमा ६  वटा वडामा महिलाहरु संयोजक बनेका छन् । हर्राचौरमा ५  वटा वडामा महिला संयोजक बनेका छन् । शान्तिपुरमा ६ वटा वडामा महिला संयोजक बनेका छन् । हरेवा र ग्वाघामा भने  पुरै वडामा पुरुषहरु मात्रै संयोजक बनेका छन् ।

भुर्तङ्गमा ६ वटा वडामा महिला संयोजक बनेका छन् । खड्गकोटमा ३ वटा वडामा र पुर्तिघाटमा ५ वटा वडामा महिला संयोजक बनेको सो संस्थाले जनाएको छ । जिल्लाका ९ वडा सामाजिक संस्थाहरुले  वडा नागरिक मञ्च  गठनको जिम्मा लिएका छन् र धमाधम गठन प्रकृयामा सक्रिय छन् ।

अन्य संस्थाले  गठन गरेका  वडा नागरिक मञ्चका  यसरी एउटै गाविसका सवै वडाहरुमा महिलाहरुले नेतृत्व लिएको पाईएको छैन् । धेर जसो गाविमा पुरुषलाई संयोजक बनाएर महिलाहरुलाई  उप संयोजक बनाएको पाईएको छ ।

जनजाती समुदायको वाहुल्य रहेको फोक्सीङ्गले जिल्लामा महिलाहरुलाई अग्रपंक्तीमा राखेर आफ्नो   बेग्लै   परिचय दिएको छ । फोक्सीङ्गका विद्यालयमा समेत महिला नै महिला नै व्यवस्थापन समितिको अध्यक्ष महिला नै प्रधानध्यापक रहेर यस अघि पनि  परिचय दिईएको थियो  ।  त्यहाँका अधिकांस महिलाहरु, सिप विकास कार्यक्रममा सहभागि भएर आत्मानिर्भर बन्दै आएका छन् । व्यवसायीक तरकारी खेती , सिलाई कटाई ,  स्थानिय कच्च पदार्थबाट दैनिक प्रयोगमा ल्याईने घरयासी वस्तु उत्पादनमा भार्सेका महिला सरह नै अगाडी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि