2026-09-18 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

सावधान ! उपहारको रुपमा यी वस्तु कहिल्यै लिने र दिने नगर्नुहोस्

एजेन्सी | कुनै पनि बिवाह ब्रतबन्ध या जन्मदिनको उत्सव होस् या भेटघाटको खुसियाली हामी उपहार लिने र दिने गर्छौ | जो कोही पनि उपहार पाएमा खुशी हुन्छौ । तर, के कहिल्यै सोच्नु भएको छ, उपहार लिंदा वा दिंदा त्यसले नकरात्मक असर गर्छ भनेर ? उपहार लिंदा होस् या दिंदा होस् तपाइले केहि महत्वपूर्ण कुराहरु जान्नै पर्ने हुन्छ ।

त्यसैले, यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ, कस्ता–कस्ता उपहार लिनु उचित र कस्ता लिनु अनुचित हुन्छ ? जान्नुहोस्, वास्तुशास्त्र अनुसार कुन–कुन चिज उपहारको रुपमा नलिने ।

१. हिंस्रक जनावर जस्तै सिंह, बाघ, चितुवा आदिको मूर्ति उपहारको रुपमा कहिल्यै नलिनुस्। 

२. डुबिरहेको जहाजको मूर्ति वा तस्विर उपहारमा पाउनु वा घरमा राख्नु पनि अशुभ मानिन्छ । यसबाट आर्थिक नोक्सान हुन्छ । 

३. चक्कु, छुरी जस्ता औजार न कसैलाई उपहार दिन हुन्छ न त लिन नै । कसैबाट पाइहाले घरमा राख्न शुभ मानिँदैन । परिवारका सदस्यबीच कलह उत्पन्न हुन्छ ।

४. कालो रंगको वस्त्र कसैलाई पनि उपहार नदिउ । यसलाई दुःख, कष्ट र पिडाको प्रतिक मान्छि । त्यस्तै, विवाह भएको एक बर्षसम्म कालो रंगको कपडा लगाउँन पनि अशुभ हुन्छ ।

५. जुत्तालाई उपहारमा दिन वा लिन हुँदैन । वस्तुशास्त्रमा यसलाई विछोडको प्रतिक मानिएको छ । 

६. रुमाल दुखको प्रतिक हो । रुमाल उपहार आएमा जीवनमा दुःख प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ । 

७. धेरै जसोले उपहारमा घडी दिने गरेको देखिन्छ । तर, घडी उपहारको रुपमा आएमा जीवनमा प्रगतिलाई रोक्नु मानिन्छ । 

तर सबै अवस्थामा यी उपहारले अशुभ भने गर्दैन । जीवनमा प्रत्यक्ष उपयोग हुने र लाभ लिन सकिने वस्तु उपहारको रुपमा लिदाँ वा दिँदा दिने र लिने दुवै खुसी हुन्छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया