2026-10-14 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लास्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढलाई

कमल रावल | असोज ८, अछाम | अछामको जयगढमा सम्पन्न जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढले हात पारेको छ । आज भएको फाईनल खेलमा उद्योग वाणिज्य संघ अछामलाई सोझै सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

प्रथम सुदुरपश्चि बस काउन्टर जयगढले नगद २५ हजार १ सय सहित एक थान बल, नेट, र मेडल तथा प्रमाणपत्र हात पारेको छ भने दोस्रोमा चित्त बुझाएको मंगलसेनले नगद १५ हजार १ सय सहित एक थान बल, नेट, र मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा तेस्रो स्थान हात पार्न सफल तेस्रो लोकेन्द्र स्मृति युवा क्लब जयगढले नगद १० हजार एक सय सहित एक थान बल, नेट, र मेडल तथा प्रमाणपत्र र शान्तवना पृर्ण चन्द्र उच्च मावि भटाकाटियाले नगद २५ सय प्राप्त गरेको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडीको उपाधि नेशनल लाईफ ईन्सुरेन्सको सहयोगमा नगद १५ सय सुदुरपश्चिमका खेलाडी डम्मर भट्राईले हात पारेका छन । घासे मेलाको अवसरमा वर्दादेवि युवा क्लब जयगढको आयोजनामा असोज ५ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १३ वटा टिमले सहभागिता जनाएका थिए ।

क्लबका अध्यक्ष अध्यक्ष पदम साउदको अध्यक्षतामा भएको पुरुस्कार वितरण कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक निरञ्जनदत्त भटट, जिल्ला खेलकुद विकास समितीका प्रमुख प्रशिक्षक मिन बहादुर बुडथापा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सुन्दर ठकुल्लाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश