२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सिएलइले २ सय विद्यार्थीलाई नि:शुल्क पढाउने, कहिलेदेखि खुल्छ आवेदन ?

६ बैशाख २०८०, बुधबार ०७:३३

बैशाख ६, काठमाडौँ | ललितपुर स्थित एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड हस्पिटालिटी म्यानेजमेन्ट र सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेन्योरसिप कलेजले २ सय विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको छ ।

सीमान्तकृत विद्यार्थीहरूका लागि हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) मा स्नातक (अनर्स) को लागि गरीब तथा जेहन्दार छात्रवृत्ति कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।

नेपालका ७७ जिल्लाका प्रत्येक एक छात्र र एक छात्रा, अन्य सार्क राष्ट्रहरूबाट एक छात्र र एक छात्रा, १२ जना अपाङ्गता भएका विद्यार्थी लगायत १० जना विद्यार्थी र नेपालमा बसोबास गर्ने १० शरणार्थीहरू गरी २०० योग्य विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।


कलेजले छात्रवृत्ति कार्यक्रमको लागि रकम जुटाउन विभिन्न कोष एजेन्सी र संस्थाहरूसँग सहकार्य गर्नेछ । छात्रवृत्ति कोष मार्फत शिक्षण शुल्क, १८ महिनाको आवास, शिक्षा सम्बन्धी अन्य खर्चहरू समावेश गरिनेछ ।

शिक्षामा समान पहुँच प्रवर्द्धन गर्न र विपन्न विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र वृति–विकास गराउने दिशामा रहने निर्देशित रहने अपेक्षा गरिएको छ ।

कार्यक्रमले योग्य विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने छ । जसको लागि नेपाली विद्यार्थीहरूले सार्वजनिक संस्थाहरू मार्फत कक्षा ८, १० र १२ उत्तीर्ण गरेको हुनुपर्नेछ । छात्रवृत्ति आवेदन प्रक्रिया २०८० साल जेठ १९ गते बाट खुल्ला हुनेछ र २०८० भदौ महिनामा बन्द हुनेछ । सिएलइले लीड नेपाल इन्क (एलएनइ) सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ