३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवकको कोठामा आएकी युवतीको मृत्यु, युवक हिरासतमा

९ आश्विन २०७३, आईतवार ११:२७

असोज ९, काठमाडौं । काठमाडौको शान्तिनगरमा एक युवकको कोठामा आएकी युवतीको बेहोस भएर मृत्यु भएको छ ।

प्रहरीका अनुसार ती युवतीलाई बेहोस अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहा लाहान घर भई धापाखेल बस्ने २३ बर्षीया अनुराधा चौधरी रहेकी छन् ।

आइतबार बिहान साढे ११ बजे बाँकेका २६ बर्षीय आशिष हमालको शान्तिनगरस्थित डेरामा बेहोस अवस्थामा फेला परेकी अनुराधाको उपचारका क्रममा निधन भएको हो ।

अनुराधालाई उपचारका लागि निजामती अस्पताल बानेश्वर पठाईएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात् आशिष हमाललाई भने महानगरीय प्रहरी बृत बानेश्वरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

आशिष र अनुराधाबीचको सम्बन्ध र अनुराधाको मृत्युका बारेमा प्रहरीले आशिससँग सोधपुछ गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट