२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुर्घटनामा प्राध्यापक भण्डारी र व्यवसायी पन्थको निधन

२०७३, ९ आश्विन आईतवार १४:३४

प्रेम सुनार | असोज–९, गुल्मी ।  असोज ७ गते साँझ पाल्पामा गाडी दुर्घटनामा परी मृत्यु हुुनु भएका रेसुङ्गा वहुमुखी क्याम्पसका सह प्राध्यापक  कृष्ण भण्डारीको आज सो क्याम्पसले श्रद्धाञ्जली सभा गरेको छ । उक्त दिन तम्घासबाट वुटवल जाँदै गरेको बा १४ प ९३६४ नम्वरको  स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे भन्ने स्थानमा  दुर्घटना हुँदा उनि सहित निर्माण व्यवसायी रामप्रसाद पन्थको घटना स्थलमै मृत्यु भएको  थियो ।   

४७ वर्षिया सह प्राध्यापक भण्डारी तम्घास टेक्नीकल ईन्स्च्युटमा समेत अध्यापन गरानु हुन्थ्यो । अत्यन्तै मिलनसार भण्डारी र  पन्थको  निधनले गुल्मी जिल्लावासी भावविह्ल भएका छन् । ५५ वर्षिय पन्थ यस अघि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका लेखापाल थिए । विभिन्न सरकारी कार्यालयमा लामो समय सम्म लेखापाल रहेका पन्थ अवकास पछि निर्माण व्यवसायमा लागेका थिए ।

सह प्राध्पक भण्डारीले यस जिल्लाको शैक्षिक क्षेत्रमा पुराएको योगदान वारे श्रद्धाञ्जली सभाका वक्ताहरुले प्रकाश पारेका थिए । श्रद्धाञ्जली सभाको सुरुवातमा स्वर्गीय भण्डारीको तस्वीरमा माल्याणपर्ण गरी मौनधारण गरिएको थियो । 

लगत्तै रेसुङ्गा वहुमुखी क्याम्प सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थी, उपाध्यक्ष  अध्यक्ष माधवप्रसाद ज्ञवाली, क्याम्पस प्रमुख गुणानिधी शर्मा , पव्लिक क्याम्पस प्रध्यापक संघ रेसुङ्गा वहुमुखी क्यापसका सभापति हरिबहादुर केसीले शोकमन्तव्य राखेका थिए ।

त्यस्तै विद्यार्थी संगठनका नेताहरुले स्वर्गिय पाण्डे जस्ता विद्यार्थीहरु संग शिष्ट रहेर मेहनत पुर्वक पढाउने प्राध्यापकहरु विरलै पाईने बताएका थिए ,। कार्यक्रममा नेवि संघका जिल्ला कार्यवाह सभापति झविन्द्र पाण्डे , रेसुङ्गा वहुमुखी क्याम्पसका स्ववियु सचिव पुर्ण केसी , नेवि संघका ईकाई सभापति अर्जुन पोखरेल स्ववियुका  जिल्ला सह संयोजक शोभाखर गिरी,  स्ववियु क्रान्तिकारीका ईकाई अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य गणेश पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कलाकार अजुर्न कुँवरले स्वर्गिय पाण्डे प्रति समर्पित शोक गान गाएका थिए ।  रकार्यक्रम सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन  सहायक क्याम्पस प्रमुख गोपाल प्रसाद पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै