२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कामपाका प्रमुख बालेन्द्र साह शिक्षण विधि निरीक्षण गर्न सामुदायिक विद्यालयमा

६ जेष्ठ २०८०, शनिबार ०७:४५

जेठ ६, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गर्नुभएको छ ।  

सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख साहले सामुदायिक विद्यालयको निरीक्षण गर्नुभएको हो । सोही अवसरमा उहाँ शुक्रबार शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुग्नुभयो । उहाँले गत हप्ता दरबार हाइ स्कूलको अवलोकन गर्नुभएको थियो । 

साहले प्रमुखमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राख्नुभएको थियो । साहले पछिल्लो समय हरेक शुक्रबार विद्यालयमा विद्यार्थीसँगै बस्ने र सँगै बसेर सिक्ने गर्नुभएको छ । 

अवलोकनका विषयमा प्रमुख साह भन्नुहुन्छ, “हिजो शुक्रबार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो, शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीसँगै बसेर सिक्न मौका पाएँ, साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकको सहभागिताका बारेमा बुझ्न पाएँ, निरीक्षण अनुगमनका क्रममा शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणका लागि पार्ने प्रभावका बारेमा बुझ्ने मौका पाएँ, विद्यालयको वर्तमान अवस्था, समग्र विकासका लागि आवश्यकपर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा जानकारी लिएको छु ।” 

शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी दुई कक्षा सञ्चालनमा छन् । डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा सिपमा शिक्षा कार्यक्रमअन्तर्गत स्केचिङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थी पत्रपत्रिका पठन, भाषण तथा कविता वाचन कला, खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशाला जस्ता विधा र क्षेत्रमा सहभागी छन् । 

कामपाले गत वैशाख १२ गतेदेखि बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यो कार्यक्रम कामपामा रहेका सबै सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको छ । कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह