असोज ११, पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । 
2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कुमुदिनी होम्स् उमाविद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोग

असोज ११, पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग गरेको छ । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयका संचालक समिति अध्यक्ष अशोक पालिखेले नगद सहयोग पनलाई प्रदान गरेका हन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीबाट संकलित र संस्थाका तर्फबाट गरि ५५ हजार पाँच सय ५५ रुपियाँ केन्द्रलाई सहयोग गरिएको छ ।

नेपालका विभिन्न क्षेत्रमा आविष्कार र अनुसन्धानको विकास गर्ने उद्देश्यले सो केन्द्र स्थापना गरिएको हो । पुन सो संस्थाका संस्थापक हन् । विभिन्न समयमा सरकारी प्रयासमा यस प्रकारको संस्था स्थापना हुनु पर्दछ भनी पहल गरेका पुनले सहयोग पाउन नसके पछि सर्वसाधरणहरुसँग सहयोगको लागि आव्हान गरेका थिए । 

त्यो आव्हान पछि सर्वसाधरणहरुले सहयोगका लागि हात अगाडि बढाएका हुन् । केन्द्र स्थापनाका लागि बेगनास ताल नजिकै रहेको उनले जग्गा समेत प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

विद्यालयमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा पुनले सहयोगका लागि विद्यार्थीहरुलाई धन्यवाद दिदँै आविष्कार केन्द्र निमार्णका लागि देशव्यापी अभियान चलाएको बताए । देशको विकास गर्ने सपना पूरा गर्नका लागि अभियान चलाएको बताउँदै केन्द्रको स्थापना पछि नयाँ आविष्कार र अनुसन्धान गर्ने क्षमतामा मद्दत पुग्ने विश्वास रहेको धारणा राखे । 

कार्यक्रममा विद्यालयका अध्यक्ष पालिखेले उनलाई स्वागत गर्दै निजि क्षेत्रको शैक्षिक संस्थाका रुपमा केन्द्रलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । 

सोही कार्यक्रममा सार्दीखोलाका हिमालयन प्रावि र बाराही प्राविलाई पनि नगद सहयोग प्रदान गरिएको थियो । कुमुदिनीको संयोजनमा संचालित कुवेरा छात्रवृत्ति अन्र्तगतको रकम हिमालयनका प्रधानाध्यापक माधव प्रसाद गौतमलाई ५० हजार र बाराहीका प्रधानाध्यापक राम आचार्यलाई २० हजार एक सय २० रुपियाँ हस्तान्तरण गरिएको हो ।

सो छात्रवृत्ति जर्मन समाजसेवी रेनर कुवेराले स्थापना गरेका हुन् जसको संयोजन पालिखेले गर्दै आएका छन् । सो रकमबाट बाढीले क्षति गरेको हिमालयन प्रावि जोड्ने पुलको छेउ निमार्णमा खर्च गरिने प्रअ गौतमले जानकारी दिए । उक्त पुल कुवेराको आर्थिक सहयोगमा निमार्ण गरिएको थियो । 

त्यसैगरी बाराही प्राविमा अध्ययनरत ३३ जना विद्यार्थीहरुलाई पोशाक खरिद गर्न सहयोग रकम खर्च गरिने प्रअ आचार्यले बताए । सार्दीखोला गाविसमा रहेका दुवै विद्यालयका विद्यार्थीलाई कुमुदिनीले शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । तस्वीर: सञ्जय शाक्य ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई