२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

छ सय ४० विद्यार्थीलाई बस्ने सुविधा सहित निःशुल्क प्राविधिक शिक्षा

१३ जेष्ठ २०८०, शनिबार ०२:३४

जेठ १३, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो ।


उहाँका अनुसार ९९ स्थानीय तहका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि–डिप्लोमा तहमा एक सय ६० जना र तीन वर्षे डिप्लोमा/प्रमाणपत्र तहमा चार सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ । उहाँले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक रु तीन हजार पाँच सय, यातायात खर्चबापत प्रतिवर्ष रु एक हजार पाँच सय र पोशाक खर्चबापत प्रतिवर्ष रु दुई हजार पाँच सय  समेत उपलब्ध गराइनेछ । 

असी विद्यार्थीलाई तीन वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोम इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन् । डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उहाँले जानकारी दिनुभयो । अठार महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटोमोबाइल इञ्जिनियरिङ र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ । 

यस्तै तीन वर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ, बालीविज्ञान), जियोमेटिक्स इञ्जिनियरिङ,  बायोमेडिकल इञ्जिनियरिङ, सिभिल (स्पेशलाइजेशन इन हाइड्रोपावर) इञ्जिनियरिङ, रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इञ्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह