असोज १२ पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२ पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई क"/>
2026-09-19 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुलुककै अग्लो झोलुङ्गे पुलमा ब्रिज पार्क

असोज १२ पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रमसमेत सञ्ंचालन गर्न सहज होस् भन्ने उद्देश्यले बृज पार्कको निर्माण गर्न लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्ड पोखरा, जिविस पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा बृज पार्कको निर्माणकार्य अघि बढाइएको हो । उक्त पार्क्भित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिने छ । ऊर्जाखोलाका रुपमा परिचित मोदीखोला र पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङसमेत निर्माण गरिने भएको छ ।

उक्त पार्क निर्माणका लागि रु २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । पर्यटन बोर्डले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराएको छ । एक वर्ष्भित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको हो । यस्तै जिल्लाको अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य करिब ८० प्रतिशत पूरा भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो