२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किसानलाई दैनिक १६ लाख रूपैयाँ

१२ आश्विन २०७३, बुधबार ०७:०३

असोज १२, मोरङ । दुग्ध वितरण आयोजना विराटनगरले पूर्वाञ्चलका आठ जिल्लाका किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तानी गर्न थालेको छ । 

आयोजना प्रमुख ईश्वरीराज न्यौपानेका अनुसार पूर्वको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, तेह्रथुमका गरी २० हजार किसानबाट दैनिक सरदर ४२ हजार लिटर दूध सङ्कलन गर्नुका साथै त्यसबापत किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तान गर्दै आएको हो । सङ्कलित दूधमध्ये दैनिक १२ हजार जति बिक्री गरेर बाँकीको दही, पनिर, आइसक्रिम र धुलो दूध बनाउने गरेको छ । 

दुग्ध वितरण आयोजनाबाट हजारौँ किसान लाभान्वित हुँदै आएका छन् । विद्युत्भार कटौतीको समस्या, दुग्ध पदार्थको भण्डारण गर्ने ठाउँको अभाव, पुरानो धुलो दूध कारखाना, पुँजीको अभाव, सहयोगी संस्थाहरूसँग समन्वयको अभाव आदि कारणले सन्तोषजनक ढङ्गले काम गर्न नसकेको बताइन्छ । 

अनुकूल परिस्थिति बन्दै गएमा निकट भविष्यमै धुलो दूध कारखानाको क्षमता तीन टनबाट ६ टन बनाइने, उत्पादनमा विविधीकरण र प्याकेजिङमा सुधार ल्याउने, उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने, वित्तीय संस्थासँग समन्वय गरी सहुलियत दरमा किसानलाई गाईभैँसी पालनमा ऋण लगानी गर्ने, सुनसरी, सप्तरी, झापा, इलाम, पाँचथर, धनकुटामा रहेका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने योजना रहेको दुग्ध वितरण आयोजना विराटनगरका आयोजना प्रमुख न्यौपानेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य