Skip to content
Friday, July 17, 2026 Nepali Online Media
June 6, 2023 शिक्षा

काठमाडौं महानगरले गर्यो छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले छात्रवृत्ति नदिने महानगर भित्र रहेका ३४२ विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको हो । यी विद्यालयहरूलाई आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि महानगरले सूचना मार्फत दिइएको छ ।

महानगरले सूचनामा भने 'काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने  विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । '