१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षअघि मलेसियामा मारिए भनेका श्रीमानको फोटो फेसबुकमा अपलोड भएपछि…

१२ आश्विन २०७३, बुधबार १३:२८


असोज १२, काठमाडौं । पाँच वर्षअघि मारिएको भनेका श्रीमानको फोटो फेसबुकमा आयो भनेको सुनेपछि सुनसरीको प्रकाशपुर-८ कि गोमा थापा कार्की झस्किनुभयो । जेठाजुकी छोरीले सुनाएको खबर सही हो कि होइन भनेर प्रष्ट हुन उहाँले जेठानीसँगै फेसबुकमा फोटो हेर्नुभयो । फोटो श्रीमानकै तर नाम चाहिँ फरक । 

त्यो फोटो हाल्ने व्यक्तिको नाम फेसबुकमा रोशन पाण्डे थियो । नागरिकतामा पुष्प भएपनि गोमाका श्रीमानको बोलाउने नाम रोशन नै थियो । ‘नाम र फोटो मिल्यो तर थर चाहिँ मिलेन’ गोमाकी जेठानी कमला भन्नुहुन्छ । फोटो देखिएपछि कमलाले मलेसियामै रहेका ज्वाईंलाई त्यो मान्छेको विषयमा बुझ्न पनि लगाउनुभयो । 

बुझ्दा ती व्यक्तिले आफू रोशन पाण्डे नै भएको भन्दै घर पश्चिम भएको बताए । त्यो खवरले पुष्पको परिवार अझै अन्योलमा परेको छ । किनकी कहिले पुष्प मरिसके भन्ने खबर आउँथ्यो त कहिले ज्यूँदै छन् भन्ने । 

हराउनु अघि पुष्पले अब घर फर्किने योजना सुनाउनुभएको थियो । मलेसिया गएको ८ महिनामै अवैधानिक भएर बसिरहेका श्रीमानले घर फर्किन्छु भनेपछि गोमा खुसी हुनुहुन्थ्यो । २०६२ मंसिर २२ गते मलेसिया उडेका गोमाका श्रीमान् एउटा कम्पनीमा काम गर्नुहुन्थ्यो तर काम पनि अप्ठेरो अनि कमाई पनि सोचे र भने अनुसार भएन । 

त्यसैले काम गर्दै गरेको कम्पनिबाट भाग्नुभयो ।

त्यसपछि अवैधानिक भएर काम गर्न थाल्नुभयो । ‘कम्पनी छोडेर अवैधानिक भएपछि पनि फोन गरिरहनुहुन्थ्यो’ पुष्पकी भाउजु कमला कट्वालले भन्नुभयो ‘सबै राम्रो छ भन्नुहुन्थ्यो ।’ कम्पनी छोडेर भागेका पुष्पले आफू जङ्गलको छेउमा रहेको बालुवा खानीमा डोजर र ट्याक्टर चलाउँछु भन्नुभएको थियो । तलव थाप्ने बित्तिकै खर्च गर्नुहुन्नथ्यो छिमेकी अशोक राईकोमा पुग्नुहुन्थ्यो । घर जाने बेलासम्ममा मैले कमाएको पैसा मासिन्छ होला भन्दै उहाँले ५० हजार रुपैयाँ अशोक राईलाई राख्न दिनुभएको थियो । 

उहाँ गएको झण्डै ५ वर्ष पुगिसकेको थियो । त्यसैले आफू पनि छिट्टै फर्किने बताउनुभएको थियो पुष्पले अशोकसँग । तर पैसा र सामान दिएपछि पुष्पले सम्पर्क गर्नुभएन । पुष्प सम्पर्कविहीन भएपछि अशोकले घरमा जानकारी गराउनुभयो । 

खवरले आत्तिएको पुष्पको परिवारले हामीलाई पैसा चाहिँदैन भन्दै उहाँको खोजी गरिदिन आग्रह गर्यो । परिवारको आग्रहपछि अशोक आफूले काम गर्ने ठाउँबाट ६/७ घण्टाको दुरीमा पर्ने पुष्पले काम गर्ने ठाउँमा पनि पुग्नुभयो । तर त्यहाँको साहुले पुष्प मारिएको नमारिएको आफूलाई थाहा नभएको जवाफ दिएको अशोकको भनाई छ । 

केही समय खोजेपछि अशोक घर फर्किनुभयो । तर पुष्पको परिवारका लागि खुसीको खवर आएन । पुष्पका साथीहरुको भनाई सुनाउँदै अशोकले कोही मारिएको हो भन्छन् कोही होइन भन्छन् के हो भन्ने पत्ता लाउनै सकिएन भन्दै फर्किनुभयो । 

‘मैले खोजें तर त्यहाँ जान तमिलहरुसँग झगडा गर्दा मारिएकाले त्यहाँ जान सकिन भन्दै २० हजार रुपैयाँ फिर्ता गरिदिए’ कमलाले भन्नुभयो ‘के पत्याउनु के नपत्याउनु । पत्याउने कुनै आधार नै छैन ।’  आफूँले बुझ्दा घर जाने भन्दै पुष्पले गरेको पार्टीमा त्यहीँ काम गर्ने तमिलहरुसँग झगडा भयो र कुटपिटमा मारिएको त्यहीँ काम गर्ने उदयपुरका एक नेपालीले बताए । तर न मारिएको कुनै प्रमाण छ न त लास नै । त्यसैले श्रीमती गोमालाई मात्रै होइन पुष्पको परिवारलाई पनि उहाँको मृत्युको खवर पत्याउन गाह्रो भइरहेको छ । 

पुष्पका भिनाजु मलेसियामै हुनुहुन्थ्यो । कम्पनी छोडेर भागेका पुष्पलाई उहाँले काम लगाइदिनुभएको थियो । त्यसैले पुष्पको परिवारले उनै भिनाजुलाई पनि बुझ्न लगायो । सुरुमा केहीदिनमा बुझ्छु भनेका भिनाजुले पुष्प लगभग मारिएकै हो भन्नुभयो । तर लगभग भनेको मरेको बुझ्ने कि ज्यूँदै भन्ने बुझ्ने भन्नेमा परिवार दोधारमा पर्यो । त्यसैले पटक पटक फोन गरेर बुझ्न खोज्दा भिनाजुको फोन ६ महिनासम्म अफ भयो । 

भिनाजुले पुष्पसँगै काम गर्ने उदयपुरका चौधरी थरका व्यक्तिले भनेको भनेकाले श्रीमती गोमा उनको घरमा पनि पुग्नुभयो । सुरुमा पुष्प मारिएको हो भनेका चौधरीले पछि प्रमाण छैन कसरी मारियो भन्न थाले । 

तर सुनसरीकै मिलन कार्कीका कुरा सुन्दा परिवार के गर्ने के नगर्ने अन्योलमा छ । मलेसिया पुगेका मिलनले आफूले पुष्पका साथीसँग भेटेको भन्दै ती साथीहरुले पुष्प ज्यूँदै रहेको खबर ल्याए । ‘मैले भेटेका तामिलहरुले पुष्प ज्यूँदै छ तर कसैलाई पनि नभन्नु भनेको छ भनेर सुनाए’ कमलाले भन्नुभयो ‘मिलनले म पनि अवैधानिक नै भएकाले मलाई पनि त्यही ठाउँमा काम गर्न लगिनुदिनु पनि भनेका रे तर ती तमिलले मानेनन् भन्छन् ।’ त्यसपछि परिवारमा अझै अन्योल थपिएको छ । त्यसैले अहिलेसम्म परिवारले काजकिरिया पनि गरेको छैन । 

छोरा हराएपछि आमाले गरिन् आत्महत्या 

पुष्प हराएको खबर आएदेखि नै उहाँकी आमाको अवस्था विस्तारै फेरियो । उहाँ बेसुर जस्तै हुनुभयो । ‘जति बेला पनि पुष्पको बोलाउने नाम रोशन भन्दै घरबाट हिँड्नुहुन्थ्यो’ कमला भन्नुहुन्छ । बुझ्ने र खोज्ने जति सबै ठाउँमा खोज्दा पनि छोरा फेला नपरेपछि आमाको चिन्ता थपिएको थियो । अझै मलेसियामै रहेका ज्वाईंले लगभग मरेको जस्तो हो भनेर अपुरो जानकारी दिएपछि त उहाँ कहिले छोरो फर्किने आशाका कुरा गर्नुहुन्थ्यो त कहिले देख्न नपाउने भएँ भन्दै रुनुहुन्थ्यो । 

त्यहीबिचमा उहाँले अर्को छोराको बिहे गरिदिनुभयो । छोराको बिहे नगरेसम्म परिवारमै रहेकी आमा बिहे गरेपछि भने छोरा बुहारीसँग बस्ने कि छोरा हराएकी बुहारीसँग भनिरहनुहुन्थ्यो । यसै क्रममा उहाँले पनि नरहमा हाम फालेर आत्महत्या गर्नुभयो । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी