2026-11-24 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी

2026-11-24

काठमाडौँ | मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा पसेका नेपालगञ्जका दुई युवा नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् । उनीहरू घुम्नका लागि सुर्खेत पुगेका बेला भेरी नदीको पुल नजिक भिडियो बनाउने क्रममा नदीमा पसेपछि बगेको आफन्तले बताएका छन् ।

हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगञ्ज फर्किने क्रममा मङ्गलबार बिहान उनीहरू भेरी नदीको पुल नजिक पुगेका थिए । मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र नदीको तीव्र बहावले बगाएको उहाँले बताउनुभयो । मोबाइल स्ट्यान्डमा रहेको भिडियोमा दुवै जना नदीमा बगेको दृश्य देखिएको तथा उनीहरूले प्रयोग गरेको मोटरसाइकल र लुगा नदी किनारमा भेटिएको जयसवालले जानकारी दिनुभयो । बेपत्ता युवाका आफन्तले खोजी कार्य प्रभावकारी नभएको भन्दै तत्काल गोताखोर टोली परिचालन गर्न माग गरेका छन् । जयसवालले स्थानीय प्रहरी र प्रशासनसँग खोजीका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । त्यस्तै, आमिरका आफन्त सराफत शाहले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारे पनि त्यसपछि प्रभावकारी खोजी कार्य नभएको बताउँदै तत्काल खोजी गर्न आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले गोताखोर परिचालनका लागि निर्णय हुनुपर्ने र निर्णयपछि मात्रै टोली परिचालन गर्न सकिने जवाफ दिएको बेपत्ता युवाका आफन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले घटना भएको पुष्टि गर्दै खोजीका लागि पीडित परिवारबाट निवेदन प्राप्त भएको बताउनुभयो । गोताखोर टोली परिचालन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै