2026-11-24 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा

2026-11-24

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन्। सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई विभिन्न बहानामा दबाब तथा घेराबन्दीमा पार्न खोजिएको उनको आरोप छ। मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै त्यसबाट आफू विचलित नहुने बताएका हुन्। पक्राउ गर्ने नै भए हतकडी लिएर आउन सरकारलाई चुनौती दिँदै उनले खाली हात नआउन चेतावनी दिए।

राजाको शासनकालमा समेत आफूले राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले माओवादी सशस्त्र द्वन्द्वकालदेखि केपी शर्मा ओली नेतृत्वको सरकारका पालासम्म सत्तालाई निरन्तर प्रश्न गर्दै आएको बताए। शक्तिशाली सरकारसँग प्रश्न उठाउँदा राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने उनको भनाइ थियो। ‘पक्राउ गर्ने साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हातचाहिँ नआउनु, हतकडीचाहिँ लिएर आउनु, खाली हातचाहिँ जान्नँ,’ थापाले भने, ‘न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ।’

उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरी कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए। थापाले दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको प्रयासमा कांग्रेसको साथ रहने स्पष्ट पारे। तर अनुसन्धानका नाममा राजनीतिक प्रतिशोध साँध्ने र सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिँदै विपक्षीलाई मात्रै कारबाही गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ। उनले विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफूहरूले नेता वा नाताका आधारमा कसैले उन्मुक्ति पाउन नहुने धारणा राख्दै आएको स्मरण गराए। अहिले प्रधानमन्त्री बालेन्द्र शाह वा राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट रहेका व्यक्तिले पनि कानुनविपरीत छुट पाउन नहुने उनले बताए।‘कोही मान्छे प्रधानमन्त्री बालेन शाहसँग नजिक भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन अहिले हामीले ? कोही मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीको भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन हामीले ?’ थापाले प्रश्न गरे।

राज्यले विगतका कमजोरी तथा अनियमितताबारे गर्ने अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने बताउँदै उनले अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिए। तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र प्रयोग गरिए कांग्रेसले त्यसको जवाफ माग्ने उनको चेतावनी थियो। राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो गरी सञ्चालन गर्न खोजिए कांग्रेसले प्रश्न उठाउने बताउँदै थापाले पार्टीले सत्य, न्याय र आफ्नो राजनीतिक जिम्मेवारीका पक्षमा निरन्तर आवाज उठाउने बताए। उनले सरकारका राम्रा काममा कांग्रेसले साथ र सहयोग गर्ने तर गलत काम र निर्णयको निरन्तर खबरदारी गर्ने पनि स्पष्ट पारे। कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर उसको आलोचनात्मक भूमिकालाई कमजोर बनाउन खोजिए त्यस्तो प्रयास सफल नहुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै