2026-11-24 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल

2026-11-24

काठमाडौँ | नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रूपान्तरणका नाममा पार्टी विभाजित हुन नहुने बताएका छन्। नेपाली कांग्रेसको पछिल्लो अवस्थाबाट शिक्षा लिँदै एमाले रूपान्तरणसँगै एकता पनि जोगाएर अघि बढ्न चाहेको उनको भनाइ छ। दाङको तुलसीपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस रूपान्तरण भए पनि एकताबद्ध हुन नसकेको बताए।

‘एमाले कांग्रेसको परिणामबाट शिक्षा लिन चाहन्छ। रूपान्तरित पनि हुने, एकताबद्ध पनि हुने आजको आवश्यकता हो,’ उनले भने, ‘लोकतन्त्रका लागि लडेका दलहरू रूपान्तरण हुने नाममा कमजोर भए भने त्यो अझ बढी नोक्सान हुन्छ।’पोखरेलले कांग्रेसले रूपान्तरणको बाटो लिए पनि एकता कायम गर्न नसकेको भन्दै एमालेले भने रूपान्तरणसँगै एकता जोगाउन चाहेको बताए। त्यसका लागि केही समय लाग्न सक्ने भएकाले हतार गर्न नहुने उनको भनाइ थियो। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलसँगै पार्टी एकताको समेत कुरा गरेको विषयमा सोधिएको प्रश्नमा पोखरेलले चुनावी तालमेलबारे छलफल भए पनि कुनै निर्णय भइनसकेको बताए।‘स्थानीय चुनावको सन्दर्भमा हामी कसरी जाने भन्नेबारे तालमेल गर्ने नीति त पार्टीको पहिलेदेखि नै छ। स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिन्छ,’ उनले भने, ‘वामपन्थीहरूका बीचमा तालमेल गर्ने कुरामा सजिलो हुन्छ भन्ने कुरामा माओवादी पुगेको देख्छु म चाहिँ, अहिले नेपाली कम्युनिष्ट पार्टी।’

पोखरेलले विगतका निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादीले ३६ सिट जितेको र नेपाली कांग्रेससँग तालमेल गर्दा त्यो संख्या घटेर १८ मा झरेको प्रसंग पनि उल्लेख गरे। विगतको निर्वाचन परिणामले एमालेसँगको तालमेलबाट माओवादीलाई बढी लाभ भएको उनको तर्क थियो।‘एमालेसँग तालमेल गर्दा दोब्बर लाभ भयो र कांग्रेससँग गर्दाखेरि ठ्याक्कै त्यसको आधा मात्रै लाभ हुन सक्यो,’ उनले भने, ‘त्यसले गर्दा नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई एमालेसँग तालमेल गर्नुपर्छ भन्ने चेत चाहिँ फिरेको छ। त्यो सकारात्मक हो।’

यद्यपि, तालमेल गर्ने विषयमा ठोस निर्णय भइनसकेको उनले स्पष्ट पारे। स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने नीतिमा एमाले पहिलेदेखि नै रहेको उनको भनाइ थियो। विगतमा माओवादीले बाह्य शक्तिसँगको तालमेललाई बढी प्राथमिकता दिने गरेको उल्लेख गर्दै पोखरेलले अहिले वामपन्थी दलहरूबीच तालमेल गर्नुपर्ने निष्कर्षमा पुग्नु सकारात्मक भएको बताए। यस विषयमा छलफल जारी रहे पनि निष्कर्षमा पुगिनसकेको उनले दोहोर्‍याए। एमालेभित्र पोखरेल र अध्यक्ष ओलीबीच तिक्तता बढेको भन्ने समाचारबारे पनि प्रश्न उठेको थियो। जवाफमा पोखरेलले आफूहरूबीच राम्रो सहकार्य भइरहेको दाबी गरे। ‘तपाईंले राष्ट्रिय भेला पछाडिका हरेक कार्यक्रम हेर्नुभयो भने अध्यक्ष र महासचिवले सँगै बसेर कार्यकर्तालाई सम्बोधन गरिरहेको देख्नुहुन्छ,’ उनले भने, ‘अब काम गर्न नसकेको भन्ने हो भने महासचिव जति खटेको यो पार्टीमा अर्को मान्छे देख्नुभएको छ र?’

पार्टीभित्र समस्या सिर्जना होस् भन्ने मनसायले आफूले काम गर्न नसकेको भन्ने व्याख्या गरिएको उनको तर्क थियो। यद्यपि, पार्टीभित्र छलफल र बहस हुने गरेको उनले स्वीकार गरे। ‘हामीभित्र छलफल र बहस छन्, तर त्यसले पार्टीभित्रको आन्तरिक जीवनलाई खलल पुर्‍याउने, पार्टीलाई विभाजित गर्ने वा कसैको मानमर्दन गर्ने तहको समस्या होइन,’ उनले भने, ‘पार्टीलाई कसरी सुधार गर्ने भन्ने विषयमा मतभिन्नता छन्। हामी छलफलमै छौं, त्यसलाई ठूलो विषय ठान्नु हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै