२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा रोट बिक्रीबाट मासिक साठी हजार आम्दानी

१३ आश्विन २०७३, बिहीबार ०७:५३

असोज १३, पाल्पा । प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय भैरवस्थान मन्दिरमा रोट बिक्री गरेर १२ घर परिवारले मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् । 

सदरमुकाम तानसेन बजार नजिकै रहेको भैरवस्थान मन्दिर आसपासमा ती घरपरिवारको व्यवसाय नै अहिले रोट बिक्री बनेको छ । रोट भगवान् भैरवको प्रिय वस्तु मानिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले आफूले गरेको भाकल पूरा भएपछि रोट चढाउने परम्परा छ । 

दिनहुँ भैरव मन्दिरमा दर्शनार्थी बढ्दै गएपछि आसपासका क्षेत्रमा रोट पकाउने व्यवसाय बढ्दै गएको छ । खर्च कटाएर मासिक रु ५० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरेको स्थानीय व्यापारी रमेश पोखरेलले बताउनुभयो । “पूजाबाहेक अन्य समयमा मासिक रु ३० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । 

पछिल्लो समय भैरव मन्दिरको प्रचारप्रसार बढेपछि दर्शनार्थीले मन्दिरको दर्शन गर्ने, रोट चढाउने क्रममा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद नेपाली बताउनुहुन्छ । चामलको पिठो, चिनी, नरिवल, बदाम, काजुजस्ता वस्तु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । रोटको एक मानाको जोडीलाई रु १५० र पाथीकोलाई रु दुई हजार लिने गरिएको छ । 

स्थानीय व्यापारी तेजबहादुर पोखरेल जतिबेला पनि व्यापार हुने हुँदा परिवारको गुजारा चलाउन सजिलो भएको बताउनुहुन्छ । भैरव मन्दिरमा एसियाकै ठूलो त्रिशूल रहेका कारण पनि यसको गरिमा र महत्व बढ्दै गएको पोखरेलको भनाइ छ । 

पाल्पाका तात्कालीन सेन वंशी राजा मणिमुकुन्द सेनले १६औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा सो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । मन्दिर दुई तलामा रहेको छ । माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा भयङ्कर कालभैरवको मूर्ति रहेको छ । 

माहाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पुजारी गीतानाथ योगी बताउनुहुन्छ । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर रहेको छ । भैरवबाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले देशभरबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्दछन् । दसैँको नवरात्र, वैशाख र मङ्सिरमा सो मन्दिरमा बढी भिड लाग्ने गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ