२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पहिलो व्यवसायिक अन्तरिक्ष पर्यटन उडान गर्दै भर्जिन ग्यालेक्टिक, टिकट मूल्य कति ?

२०८०, १३ असार बुधबार ०६:५४

एजेन्सी | अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकले आफ्नो पहिलो व्यवसायिक उडान सेवा सुरु गर्न लागेको छ ।

कम्पनीले यस विषयमा सूचना जारी गर्दै यहीँ जुन महिनाको अन्त्यसम्ममा अन्तरिक्षका लागि व्यवसायिक पर्यटन सेवाको उडान सुरु गरिने जनाएको छ ।

कम्पनीले यही जुन २९ मा उडान गर्ने बताइएको छ । पहिलो व्यवसायिक अन्तरिक्ष उडानको नाम ग्यालेक्टिक ०१ रहनेछ । त्यस्तै दोस्रो व्यवसायिक अन्तर‍िक्ष उडान ग्यालेक्टिक ०२ चाहिं आगामी अगष्टमा गर्ने कम्पनीको योजना छ ।


त्यसपछि भने कम्पनीले हरेक महिना पर्यटकहरुलाई आफ्नो व्यवसायिक उडानमार्फत् अन्तरिक्षमा पुर्‍याउनेछ ।

टिकटको मूल्य कति ?

पर्यटकहरुलाई अन्तरिक्षको यात्रा गराउने घोषणा गरेयता भर्जिन ग्यालेक्टिकले हालसम्म ८ सय भन्दा धेरै टिकट बिक्री गरिसकेको छ । टिकटको मूल्य निकै चर्को छ । अन्तरिक्ष उडानमा जाने एउटा टिकटको मूल्य साढे ४ लाख डलर रहेको छ ।

ग्यालेक्टिक उडानलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि विमानभित्र बसेका यात्रुहरुले बाहिर अर्थात् अन्तरिक्षको दृश्यावलोकन मज्जाले गर्न सक्दछन् । साथै केही मिनेटका लागि यात्रुहरुले शून्य गुरुत्वाकर्षण र भारविहीनताको पनि अनुभव गर्न पाउँछन् ।

के भन्छ कम्पनी ?

आफ्नो पहिलो उडान कुनै सामान्य उडान नहुने भर्जिन ग्यालेक्टिकको भनाइ छ किनकि सो उडान एउटा वैज्ञानिक अनुसन्धान मिसन हुनेछ । त्यसमा इटालियन वायुसेना तथा इटालीको राष्ट्रिय अनुसन्धान परिषद्का चालक दलका तीन तीन जना सदस्यहरु सवार हुनेछन् । ती वैज्ञानिकहरुले उक्त उडानका क्रममा स‍ूक्ष्म गुरुत्वाकर्षण अर्थात् माइक्रोग्राभिटीको अध्ययन गर्नेछन् । त्यसपछिको दोस्रो व्यवसायिक उडान ग्यालेक्टिक टू मा चाहिं आम पर्यटक सवार हुने बताइएको छ ।

कसरी भयो तयारी ?

सर रिचार्ड ब्रान्सनले भर्जिन ग्यालेक्टिक कम्पनी सन् २००४ मा स्थापना गरेका थिए । सोही वर्ष उनले पहिलोपटक एउटा अन्तरिक्ष विमान बनाउने आफ्नो मनसायको खुलासा गरेका थिए । सन् २००७ सम्ममा अन्तरिक्षमा व्यवसायिक उडान गर्न सकिने उनको विश्वास थियो ।

तर प्राविधिक कठिनाइका साथै परीक्षणका क्रममा भएका दुर्घटनाहरुको कारण कम्पनीको अन्तरिक्ष परियोजनामा पटक पटक धक्का लागिरह्यो । अन्ततः सन् २०२१ मा कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफैंले आफ्नो निजी रकेट युनिटीबाट पहिलोपटक अन्तरिक्षको यात्रा गरेर कीर्तिमान कायम गरे र उनी अन्तरिक्षको यात्रामा जाने पहिलो अर्बपति बने ।

उनले करिब सबा घण्टामा अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किए । ब्रान्सनका अलवा उक्त मिसनमा उनीसँग २ जना पाइलट र कम्पनीकै तीनजना कर्मचारीहरु पनि सामेल थिए ।

आफ्नो बहुप्रतिक्षित अन्तरिक्ष पर्यटनलाई अनुमति दिनुअघि आफैले यात्रुको रुपमा त्यसको अनुभवको मूल्यांकन गर्न चाहन्थे ब्रान्सन ।

उक्त मिसन सफल भएसँगै अन्तरिक्षमा जाने दौड नै सुरु भयो । स्पेस एक्स तथा ब्लु ओरिजिन जस्ता कम्पनीहरुले पनि अन्तरिक्ष पर्यटन परियोजना अघि सारे । ब्लू ओरिजिन र्फत् अमेजनका संस्थापक अर्बपति जेफ बेजोस समेत अन्तरिक्षको यात्रामा गए ।

व्यवसायिक अन्तरिक्ष पर्यटन यात्रा सुरु गर्न लागेको भर्जिन ग्यालेक्टिकका लागि यो लक्ष्य हासिल गर्नु कुनै कोशेढुंगा भन्दा कम होइन । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने